बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताएका छन्। सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका खेलेको उनको भनाई छ ।
बुटवलस्थित फेवा बचत तथा ऋण सहकारी संस्थाको शनिवार आयोजित १५औ वार्षिक साधारण सभामा बोल्दै सभामुख घर्ती मगरले सहकारीले उत्पादनमा जोड दिनु पर्ने बताए। कतिपय कृषि बहुउदेश्यीक सहकारी कृषिजन्य उत्पादनमा उदाहरणीय कार्य गरेको बताउदै उनले वचत तथा ऋण सहकारीले पनि सदस्यहरुलाई आर्थिक उपार्जनमा टेवा पु¥याउने गरी लगानी गर्न सुझाए । संचालकहरुले इमान्दारिता पारदर्शिता कायम गर्न सकेको खण्डमा मात्र सहकारीमा विश्वास जित्न सकिने बताउदै उनले सदस्यहरुको वृहत्तर हित सोचेर लगानी गरे समस्या नआउने औल्याए।
सहकारीका अध्यक्ष अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षता उपाध्यक्ष प्रेमबहादुर सोमैको स्वागत, सचिब बहादुर इन्द्र सारुको संचालनमा भएको कार्यक्रममा सहकारीका पुर्ब अध्यक्ष कृष्ण प्रसाद अर्याल कानुनी सल्लाहकार तेज प्रसाद कडेल, लेखा समिती संयोजक हेमबहादुर थापा लगायतले बोलेका थिए ।
३ हजार ४ सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमा ३१ करोड ८० लाख पुँजी रहेको छ । २० करोड ३५ लाख निक्षेप संकलन गरि २७ करोड १२ लाख कर्जा लगानी गर्दा सहकारीले ५ करोड ३ लाख बढी कुल आम्दानी गर्न सफल भएको कोषाध्यक्ष नुमकली राहादीले जानकारी दिए ।
साधारण सभामा उत्कृष्ट ऋणी, वचत कर्ता, उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology