बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहिदहरुको बलिदानकै कारण राजनीतिक र सामाजिक रुपान्तरण सम्भव भएको बताएका छन् । पाल्पाको दोभानमा जनयुद्धका सहिद चुनुमाया गुरुङ (चेनी)को शालिक अनावरण गर्दै सभामुख घर्ती मगरले परिवर्तनका लागि भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरु नेपाल आमाका महान् सन्तती भएको बताए ।
"विभिन्न कालखण्डमा भएका जनविद्रोह, जनयुद्ध र ति आन्दोलनमा बलिदान दिने सहिदहरु महान् हुनुहुन्छ ।" सभामुख घर्तीमगरले भने, "सहिदहरुको बलिदानबाट नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । यसको रक्षा गर्दै थप उपलब्धि हासिल गरेमात्र सहिदको सम्मान हुनेछ ।"
नेपाली क्रान्तिमा चुनमायासहित धेरै वीर सहिदहरुको योगदान रहेको उल्लेख गर्दै उनले सरकारले योगदानको सम्मान गरि सरकारले राष्ट्रिय सहिद घोषणा गरेको बताए ।
समितीका अध्यक्ष अमरसिंह प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पाल्पा जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डे, तिनाउ गाउँपालिकाका प्रबक्ता यादव अर्याल,नेकपा (माओवादी केन्द्र) निर्वाचन आयोगका केन्द्रिय सदस्य चक्र ब्युह थापा, नेपाली कांग्रेसका नेता प्रेम पाण्डे , लालबहादुर कार्की लगायतले सहिदहरुको सपना पूरा गर्न सकेमा सहिदहरुप्रति सच्चा सम्मान हुने बताए ।
कार्यक्रममा सहिद परिवालाई सम्मानसमेत गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology