Logo

२०८३, आश्विन १७गते


images
images

राष्ट्रपति पौडेलद्वारा सुस्ता जोड्ने झोलुंगे पुल उद्घाटन

राष्ट्रपति पौडेलद्वारा सुस्ता जोड्ने झोलुंगे पुल उद्घाटन

images
  • राष्ट्रपति पौडेलद्वारा सुस्ता जोड्ने झोलुंगे पुल उद्घाटन
    images
    images

    नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुंगे पुल उद्घाटन गरेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर सुस्ता मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपती पौडेलले उद्घाटन गरेका हुन् । साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्ती समेत सुभारम्भ गरिएको छ ।

    images
    images
    images

    नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा  गरिएको कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता थियो ।

    images
    images
    images

    झोलुंगे पुल संचालनमा आएसंगै  सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ । उक्त पुल बन्नुअघि स्थानीयहरुले डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नेगरेका  थिए । बर्षायाममा नदिको उच्च वहाव हुँदा तर्न जोखिमपूर्ण हुने गरेको र कतिपय अवस्थामा डुंगा दुर्घटना हुदा मानवीय क्षती समेत व्यहोर्नुपरेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याट बाहेक २० करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । पुल बनेपछी सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।