अनिष पन्थी, गुल्मी । मानिसलाई कहिले के पर्छ कहिले के, आफ्नो दुवै मिर्गौला फेल भै जीवन मरणको दोसाँधमा परिरहनु भएकी गुल्मी रेसुङ्गा नगरपालिका वार्ड नं. ८ कि ३४ बर्षिए पार्बती बिक यतिबेला आफुलाइ बचाइदिन सबैसामु आग्रह गर्नुभएको छ।
छबिलाल बिश्वकर्माकी श्रीमति पार्बती बिश्वकर्माको दुवै मिर्गौला फेल भएर उपचार गर्न पैसा अभाव भएपछि उक्त परिवार यतिबेला हार गुहार गर्दै चारै तिर भौतारिएका छन यस भन्दा अगाडि पनि पैसा अभाव भएपछि अभियान सुरु गरेर अलिकति भए पनि उपचार थालिएको थियो ।
अहिले फेरि पैसाको अभाव भएपछि बिश्वकर्माको अप्रेसनको लागि उपचारका लागि सहयोग अभियान सुरु गरिएको रेसुङ्गा नगरपालिका वार्ड न ८ का स्थानिय मोहन बिश्वकर्माले जानकारी दिएका छन।
पहिला सङकलन गरेको सहयोगले केही राहत मिले ता पनि अहिले अप्रेसनको लागि फेरि पैसाको अभाव देखा परेको छ।
बिकको दुबै मिर्गौला फेल भएपछि गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचार गराइराख्नु भएको थियो तर त्यहा पनि उपचार समभव नभएपछि अस्पतालले भक्तपुर रिफर गरेको थियो र अहिले भने मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइराख्नु भएको छ ।
उपचार गर्न आर्थिक अबस्था कमजोर भएपछि फेरि पनि सहयोग अभियान सुरु गरिएको अभियान्ता बिश्वकर्माले जानकारी दिए।
अहिले आर्थिकको अभावमा बिकको परिवार भौतारिएको छ सहयोगको लागि bank of kathmandu मा रहेको खाता नम्बर 053700001439524 मा जम्मा गर्न सकिने र फोन नम्बर 986-1934267 मा सम्पर्क गर्न सकिने बताइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology