Logo

२०८३, श्रावण ३०गते


images
images

अवरुद्ध चार राजमार्ग आइतबारसम्म खुल्ने, वीपी राजमार्ग दसैँअघि नखुल्ने

अवरुद्ध चार राजमार्ग आइतबारसम्म खुल्ने, वीपी राजमार्ग दसैँअघि नखुल्ने

images
  • अवरुद्ध चार राजमार्ग आइतबारसम्म खुल्ने, वीपी राजमार्ग दसैँअघि नखुल्ने
    images
    images

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वीपी राजमार्गमा अलपत्र परेका सवारी साधनको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले सडक सञ्जाल विच्छेद हुँदा वीपी राजमार्गमा सयौँ सवारी साधन फसेको बताए । 

    images
    images
    images

    सवारी साधनका चालक र सहचालक समेत अलपत्र परेको भन्दै सरकारले उनीहरूको उद्धारका लागि काम गरिरहेको बताए । उनले वीपी राजमार्ग दसैँअगाडि खुलाउन नसकिने बताए । 

    images
    images
    images

    उनले देशभरको विपद्मा परेका नागरिकको उद्धारमा सरकार लागिरहेको जानकारी दिए । सडक विभागले काम गरिरहेको भन्दै उनले बिदामा पनि विभागका कर्मचारीहरू विभिन्न उपकरण लिएर काम गरिरहेका जानकारी दिए । 

    images
    images
    images

    बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले अवरुद्ध रहेका पाँच राजमार्गमध्ये अरनिको राजमार्गअन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्यपहाडी राजमार्गअन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथअन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्गअन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकाले आइतबारसम्म पूर्णरूपमा खुल्ने बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वीपी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।