Logo

२०८३, आश्विन १७गते


images
images

काठमाडौँबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त, चालकको मृत्यु

काठमाडौँबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त, चालकको मृत्यु

images
  • काठमाडौँबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त, चालकको मृत्यु
    images
    images

    राजेश पराजुली, पोखरा । काठमाडौँबाट लमजुङ आउँदै गरेको हायलक्स गाडी नुवाकोटमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    दुर्घटनाग्रस्त गाडी हाइड्रोपावर कम्पनीको भएको बताइएको छ । बा१४च ३८५५ नम्बरको गाडी आज टोखा-छहरे सडक खण्डबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ ।

    images
    images
    images

    घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । गाडीमा ६ जना यात्रु रहेको बताइन्छ । थप विवरण आउन बाँकी छ ।

    images
    images
    images

    नागढुंगातर्फको बाटोमा घण्टौँ जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकले नुवाकोटको बाटो प्रयोग गर्ने गरेका छन् ।

    सोही बाटो भएर आउनेक्रममा केही दिन अघि पोखरा आउँदै गरेको गाडी पनि दुर्घटना भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाडी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।