Logo

२०८३, श्रावण ३०गते


images
images

पुस्तक समीक्षा

'विवेकको फिल्टर' मा डुबुल्की मार्दा

'विवेकको फिल्टर' मा डुबुल्की मार्दा

images
  • 'विवेकको फिल्टर' मा डुबुल्की मार्दा
    images
    images

    विश्वमा कोभिड-१९ भाइरसको महामारी फैलिएर भयानक सन्त्रास पैदा गर्यो । अकल्पनिय धनजनको क्षती भयो । त्यसबाट बच्ने उपायको रुपमा मास्कलाई सर्वोपरि महत्व दिइयो । र, व्यापक रुपमा प्रयोग गरियो, ताकि कोभिड भाइरस फोक्सोमा पस्न नपाओस् अर्थात भाइरस फिल्टर गरोस् र शुद्ध वायु मात्रभित्र पसोस् । त्यस्तै यो समाजमा रहेका गलत प्रवृत्तिबाट संक्रमित व्यक्तिहरुको सम्पर्क र संसर्ग हुँदा समेत त्यस्ता प्रवृत्तिगत भाइरसबाट बचाउने 'विवेकको फिल्टर' कल्पना गरेका छन् सर्जक डा. विष्णु प्रसाद गौतमले ।

    images
    images
    images

    मानिसले आफूलाई उपयोगी हुने चिज प्राप्त गर्ने र अनुपयोगी चिज हटाउने फिल्टर प्रयोग गर्दै आएको छ । विवेकको प्रयोग गरियो भने विचार र प्रवृत्ति छान्ने फिल्टर बनाउन सकिन्छ । लेखकले त्यस्तै विशेष किसिमको फिल्टर परिकल्पना गरेका छन्, जसले उपयोगी विचार छिर्न दिने तर कुविचार वा गलत प्रवृत्तिको असर पर्न नदिने काम गरोस् । हामी सबैले त्यस्तो विवेकजडित फिल्टर प्रयोग गर्नु आजको आवश्यक्ता हो ।

    images
    images
    images

    एसियाली विकास बैंक र जापान सरकारको संयुक्त छात्रवृत्तिमा टोकियो विश्वविद्यालयबाट इन्जिनियरिङ्गमा स्नातकोत्तर गरि क्यानाडाको टोरोन्टो विश्वविद्यालयबाट कंक्रिटमा विद्यावारिधी एवम् पोष्टडक्टरेटको उपाधि हासिल गरेका यस पुस्तकका लेखक विदेशको राम्रो अवसर छोडि देश निर्माणको हुटहुटी बोकेर स्वदेश फर्किएर विभिन्न क्षेत्रमा कार्य अनुभव बटुलेको देखिन्छ । कहिले विभिन्न विद्युत परियोजना, कहिले प्राध्यापन र परामर्श तथा अनुसन्धानमा आवद्ध लेखक लुम्बिनी प्रदेशको योजना आयोगमा सदस्य भै कार्य गरेको समेत पाइन्छ ।

    images
    images
    images

    विविध क्षेत्रमा कार्य गर्दा भोगेका अनुभव, देखेका, सुनेका प्रवृत्तिहरु तथा आम मानिसले दैनिक रुपमा खेप्नु परेका पीडा, व्याप्त निराशा, भ्रष्टाचार, विकृत्ति विसंगती आदिलाई केस्राकेस्रा केलाइ रौँचिरा विश्लेषण गरेको भेटिन्छ यस पुस्तकमा ।

    संसारमा कोही यति गरिब हुन्छन् कि उनीहरुसंग पैसा बाहेक केही हुँदैन भन्ने प्रचलित उक्तिको वरिपरि रहेर समाजमा धनको महत्व र धन कमाउन गरिने विभिन्न हर्कत तथा भौतिक दुनियामा पैसाले सबैथोक किन्न सकिन्छ भनेपनि पैसाले खुसी, सुख, सन्तुष्टि किन्न सकिन्न, अमनचयन किन्न सकिन्न भन्ने कुरो 'धनको कब्जियत' भन्ने शीर्षकमा लेखकले बडो रोचक ढंगले व्याख्या गरेका छन् ।

    शास्त्रमा गुरुलाई चार किसिममा वर्गिकरण गरिएको छ । दीपक गुरु, चन्दन गुरु, पारस गुरु र कुमालकोटी गुरु भनि चारै प्रकारका गुरुहरुको विषयमा मिहिन ढङ्गले विश्लेषण गरिएको छ गुरुका प्रकार नवुझेर अन्यौल भन्ने शीर्षकमा ।

    'निराशाको खेती गर्ने गीत' शिर्षकमा नेपालमा गाइने गीतहरु प्राय सकारात्मक उर्जा प्रदान गर्ने भन्दा निराशा र हीनभावनाको पोको मात्र रहेको उल्लेख गर्दै लेखकले जापानको एउटा सन्दर्भ जोडेका छन्, जसमा टोकियो विश्वविद्यालयमा जापानी भाषा कक्षा लिंदै गर्दा एउटा जापानी गीत बजाएर विष्लेषण गर्ने क्रममा जापनिज गुरुआमाले 'तिम्रो देशमा त दुःखपीरयुक्त गीत मात्र हुन्छन् रे हो ?' भनि प्रश्न गरेको नमिठो क्षण उल्लेख गर्दै गीतले समाजमा सकारात्मक सन्देश र उर्जा दिने हुनुपर्छ भन्ने भाव उनले व्यक्त गरेका छन् ।

    मार्क जुकरबुर्गले २२ वर्षको उमेरमा फेसबुक जन्माए । ल्यारी पेज र सार्जे ब्रिन स्टान्फर्ड विश्वविद्यालयमा विद्यावारिधि गर्न भर्ना भएका थिए । ३० वर्ष पनि नपुगेका उनीहरुले गुगल जन्माए अनि त्यसैलाई हुर्काउनपट्टि लागे । त्यसो त मानव यात्राको धार र गति नै परिवर्तन गर्ने सामर्थ्य राख्ने जुकरबर्ग, पेज, ब्रिन जस्ता पात्र विकसित देशमा पनि करोडौंमा एक दुई हुन् ।  हाम्रो देशमा पनि त्यस्ता पात्र जन्मिएका छन् तर तिनले भोग्ने सामाजिक वातावरण भने अलि फरक छ । उर्जा तथा विचारले भरिपूर्ण युवाहरु जतिजति बढ्दै जान्छन्, त्यति-त्यति नकारात्मक विचारहरुले सङ्क्रमित हुने बाध्यता छ । गलत प्रवृत्तिको जगजगीले आम युवाले यता हेरे पनि उता हेरे पनि नकारात्मक कुरा सिक्ने अवस्था छ ।

    अभावका कारण मात्र भ्रष्टाचार हुन्छ भन्ने मान्यता मिथ्या हो । छेलोखेलो पैसा हुँदा पनि आफ्ना आचार बदल्न नसक्नेहरु भ्रष्टाचारमा लिप्त रहने र देश धमीरोले झैं खोक्रो पार्न उद्यत रहने प्रसंग उल्लेख गर्दै कानुनको कठघराले मात्र भ्रष्ट आचार रोक्ने हैन । आचारको कुराभित्रबाट बदलिनु पर्छ भन्छन् ।जापानको सभ्यता र शिष्टता वेजोड छ । जापानको अनुभव गर्ने धेरैलाई जापान यो धर्तिका देशहरुसंग तुलना गर्ने तहको भन्दा विशिष्ट लाग्ने गर्छ भनि जापनीजहरुको आचार, मेहनत र लगनशिलता उदाहरण सहित बयान गरेका छन्।त्यस्तै आचार अपनाउन सक्यो भने देश समृद्ध बन्न बेर नलाग्ने आसय प्रकट गरेका छन् ।

    देश निर्माण गरिदिन कोही अन्य ग्रहबाट आउँदैन । देशले गर्ने, सरकारले गर्ने भनेको हामीले आ आफ्नो हिस्सा गर्ने हो । आफूले केही गर्नु छैन्, कार्यक्षेत्रमा खट्नु नपर्ने अनि ओछ्यानमा सुतेर सामाजिक संजालमा नकारात्मक टिप्पणी लेखेर देश बन्दैन।जति राम्रो मान्छे भएपनि, जति नै महान काम गरे पनि एक्लैले देश बनाउन सकिन्न । देश सबै मिलेर बनाउने हो।सहकार्यको मालामा जोडिएर इर्ष्या, वैमनस्यको सट्टा सबैमा होस्टेमा हैंसेको भाव जागृत हुन सके संसार कति सुन्दर हुँदो भो भनि कल्पिएका छन् लेखक ।

    मार्क जुकरबुर्गले २२ वर्षको उमेरमा फेसबुक जन्माए । ल्यारी पेज र सार्जे ब्रिन स्टान्फर्ड विश्वविद्यालयमा विद्यावारिधि गर्न भर्ना भएका थिए । ३० वर्ष पनि नपुगेका उनीहरुले गुगल जन्माए अनि त्यसैलाई हुर्काउनपट्टि लागे । त्यसो त मानव यात्राको धार र गति नै परिवर्तन गर्ने सामर्थ्य राख्ने जुकरबर्ग, पेज, ब्रिन जस्ता पात्र विकसित देशमा पनि करोडौंमा एक दुई हुन् । सबै त्यस्ता होइनन् । हाम्रो देशमा पनि त्यस्ता पात्र जन्मिएका छन् तर तिनले भोग्ने सामाजिक वातावरण भने हाम्रो देशमा अलि फरक छ । उर्जा तथा विचारले भरिपूर्ण युवाहरु जतिजति बढ्दै जान्छन्, त्यति-त्यति नकारात्मक विचारहरुले सङ्क्रमित हुने बाध्यता छ । त्यसैले उदीयमान हुँदै गर्दा जति आशा गर्न सकिन्छ ।  पाको हुँदै गर्दा प्रवलिकरण हुनु पर्नेमा क्षयीकरण हुने सम्भावना देखिन्छ । गलत प्रवृत्तिको जगजगीले आम युवाले यता हेरे पनि उता हेरे पनि नकारात्मक कुरा सिक्ने अवस्था छ । यो समाजका विकृति, विसंगती, भ्रष्टाचार, निरासा जस्ता गलत प्रवृत्ति निरन्तर प्रसार भै रहँदा गलतको वाहुल्य हुने नियति बनेको छ । त्यसैले हामीले भोग्ने हर क्षण र क्षेत्रमा विवेकको फिल्टर बोकेर हिड्नु पर्ने अवस्था छ।विवेकको फिल्टर प्रयोग गरे मात्र गलत प्रवृत्तिबाट बच्न सकिन्छ भनि लेखकले चित्रण गरेका छन् ।

    केही आधारभूत चरित्र, मूल्य मान्यता, शिक्षा, पेशागत क्षेत्र, आर्थिक क्षेत्र, शासन व्यवस्था एवम् राष्ट्रिय सोच र दृष्टिकोण गरि सात भागमा विभाजित डुब्दो जहाजको भाष्य, सप्तरङ्गी जीवनको बाइनरी तस्बिर, पासपोर्ट च्यातेर शरणार्थी आवेदन, मौलिक चिन्तनको खडेरी, बेंडुला बेच्दा कसो होला ? ठूलाको सानो संस्कार, रिमोट कन्ट्रोल र ज्योतिष, नेपाल परिचय स्वाहा, विक्रमसम्बतको सूत्र, प्रणाली नसिकाउने शिक्षा, बसयात्रा सुधार्न हेलिकप्टर चढ्नु, धनको कब्जियत, सात पुस्तालाई कङ्गाल बनाउने कमाइ, आँखा टाँस्ने हुलाक टिकट, कपलिङ, मान्छे सबै भन्दा ठूलो बन्दी, भूतकालको योजना, हाम्रो विशिष्ट सम्पदाःशालिग्राम जस्ता विभिन्न शिर्षकमा सटिक, सान्दर्भिक, समयसापेक्ष, ज्ञानवर्धक, रोचक ढङ्गले विश्लेषण र व्याख्या गरिएको गैर आख्यान विवेकको फिल्टर पुस्तक ४०८ पृष्ठमा समेटिएको छ।

    सिमलबुक पब्लिकेसन्स काठमाण्डौंबाट प्रकाशित ७०० सय रूपैयाँ मूल्य रहेको यो पुस्तक युवा, विद्यार्थी, कर्मचारी, नीतिनिर्माता, योजनाविद्, राजनितिज्ञ, उद्योगी, व्यापारी, कलाकार,सं चारकर्मी एवम् आम नागरिकहरुको लागि पठनीय र संग्रहणीय रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।