Logo

२०८३, श्रावण ३०गते


images
images

गजल

गजल : 'प्रवासबाट आमालाइ चिट्ठी' 

गजल : 'प्रवासबाट आमालाइ चिट्ठी' 

images
  • गजल : 'प्रवासबाट आमालाइ चिट्ठी' 
    images
    images

    गजल : 'प्रवासबाट आमालाइ चिट्ठी' 

    images
    images
    images

    शव्द कोरी रहस्यका पठाकोछु खाममा आमा ।
    ढुङ्गा गीट्टी फोर्ने गर्छु टन्टलापुर घाममा आमा । 

    images
    images
    images

    आठ घन्टा ड्युटी भने गरेको छु सोह्र घन्टा,
    खटेको छु जनतन रात दिन साममा आमा । 

    images
    images
    images

    चोट लाग्छ ऐया भन्छु दुख्छ जिउ शिर पाउ,
    दवाई मुलो गर्नु छैन राता नीला डाममा आमा । 

    पल्लो गांउको हर्केको नि उहि हो चाला मेरो जस्तै,
    हात राख्छ गनाउने शौचालयको जाममा आमा । 

    नेपालीले नेपालीलाई नचिने झैं गर्दा खेरी,
    विपत पर्दा कस्को साथ पाउनु पराई ठाममा आमा । 

    लग्यो अरे व्याजको वद्ला लैनो भैंसी डल्ले साहुले,
    मन दुख्यो खुन् पसिना साटेको छु दाममा आमा । 

    अर्को महिना रामे आंउछ पठाउछु धन् ऋण तिर्नु,
    चुक्ता गरी घर् वारीलाई गर्नु आफ्नै नाममा आमा । 

    तोते वोली वोल्दै थियो छाडी आंए सानो छोरा, संझनामा नयन् धारा खस्छन् खांदा माममा आमा । 

    उनलाई पनि नरमाइलो लाग्छ होला वेला वेला,
    माइत भेज्नु वुहारीलाई मेला पर्व राममा आमा । 

    उमेर ले नि साठ्ठी नाघ्यौ पेटको दिर्घ रोगी थियौ,
    वैंशमा जस्तो हुन्न अव ध्यान नदिनु काममा आमा । 

    अशोक गौतम "क्षितिज"
    बुटवल रुपन्देही 
    हाल- पपुवा न्युगिनी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।