गुल्मी - रातिदेखि परेको अविरल वर्षका कारण गुल्मीमा विभिन्न ठाउँमा पहिरो जाने र सडक अवरुद्ध भएका छन ।(कहाँ के भयो ) धुर्कोट गाउपालिकाको वडा नम्बर५ बस्तु स्थित कृष्ण कुवरको घर -गोठ ( तल बस्तु बान्ने माथी मान्छे बस्ने घर)। रातिको पानीले राती करिब १ बजेतिर भत्कदा गोठमा रहेका २ वटा भैंसी( ठूलो भैंसी र पाडो) र २ वटा बाख्रा पुरिएका छन भने कुनै मानबिय क्षती भएको छैन । घर परिवार अहिले आफन्तको घरमा आश्रय लिएका छन् ।स्थानिय सुरक्षाकर्मी सहितको टोलिले अहिले बिहान उद्धार कार्य भै रहेको छ ।
त्यस्तै मुसिकाेट न पा ८ ठुलाेखर्क बस्ने नर बहादुर पाैडेलकाे गाेठ अबिरल बर्षाकाे कारण भत्किदा गाेठमा रहेकाे १ भैंसी र १ पाडाे काे मृत्यु भएकाे छ ।
त्यस्तै गुल्मीदरबार गा.पा.-३ फुर्से बस्ने कमल बहादुर कुवरको २ तले टिनले छाएकाे बंगालो अबिरल बर्षाको कारण भत्किदा ४ वटा बाख्राको घटना स्थलमानै मृत्यु भएको छ । निजकाे ३ जनाकाे परिवार स्थानिय चुरा बहादुर कुवरकाे घरमा सुरक्षित बसेका छन झरि रहिरहेकाले सडक खुलाउन समस्या भयकाे स्थानीय प्रशासनले बताएको छ ।
मुसिकाेट नपा १ पाैदिअमराईमा अबिरल बर्षाकाे कारण हिरा बहादुर रानाकाे घर भत्किन जादा घर पुर्ण रूपमा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology