एजेन्सी – यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा हमला भएको छ । आइतबार भएको उक्त हमलामा कम्तीमा ३० जना सरकार समर्थक लडाकूकोे मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठहर्याएको चिकित्सक तथा सरकार निकट उक्त लडाकू समूहले जानकारी दिएको छ ।
आक्रमणमा ३० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ५६ जना घाइते भएका छन्,’ यमनी सशस्त्र लडाकू समूहका प्रवक्ता मोहम्मद अल–नाकिबले घटनाको पुष्टि गर्दै उनले आक्रमणमा हुथीहरूको हात रहेको दावी गरेका छन् । उता हमलामा हात रहेको भनिएको हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology