Logo

२०८३, श्रावण ३१गते


images
images

काठमाडौं महानगरको दुई डोजर प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं महानगरको दुई डोजर प्रहरीले नियन्त्रणमा लियो

images
  • काठमाडौं महानगरको दुई डोजर प्रहरीले नियन्त्रणमा लियो
    images
    images

    काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको टोलीको दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार, पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली बुधबार दिउँसो गौशाला पुगेको थियो ।

    images
    images
    images

    त्यसक्रममा नेपाल प्रहरीको टोली पहिल्यैदेखि घेरा हालेर बसेको थियो भने अनाधिकृत संरचना हटाउन खोज्दा प्रहरीले महानगरको दुई वटा डोजर नै नियन्त्रणमा लिएको उनले बताए ।

    images
    images
    images

    ‘२२ असोजमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच महानगरपालिकाले संरचना सञ्चालन गर्ने गरी सम्झौता भएको थियो’, उनले भने, ‘त्यसको कार्यान्वयनका लागि जाँदा अवरोध गर्ने काम भयो ।’

    महानगरको टोली यसअघि पनि धर्मशाला खाली गराउन जाँदा माडवाडी सेवा समिति आबद्ध व्यक्तिहरु र नगर प्रहरीबीच धकेलाधकेल भएको थियो । माडवाडी सेवा समितिले जबरजस्ती धर्मशाला खाली गराउन खोजिएको भन्दै विरोध जनाएका थिए ।

    पशपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले १७ साउन २०८० मा मारवाडी सेवा समितिसँगको सम्झौता खारेज गरिदिएको थियो । यसक्रममा गौशालामा काठमाडौं महानगरका प्रहरी र माडवाडी सेवा समितिबीच विवाद भइरहेको छ ।

    यहीबीचमा नेपाल प्रहरीले भने शान्ति सुरक्षाका लागि आफूहरु खटिएको दाबी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।