Logo

२०८३, श्रावण ३०गते


images
images

महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त

महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त

images
  • महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त
    images
    images

    यूएई  महिला टि-२० विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने भएका छन्। दोस्रो सेमिफाइनलमा गएराति वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो। यसअघि पहिलो सेमिफाइलनमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ।

    images
    images
    images

    दोस्रो सेमिफाइनलमा टस जितेर सुरुमा ब्याटिङ रोजेको न्यूजिल्यान्डले दिएको १२९ रनको लक्ष्य भेट्न नसक्दा वेस्ट इन्डिज फाइनल प्रवेशमा चुकेको हो। पूरै २० ओभर खेलेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा मात्र १२० रन बनाउन सक्यो।

    images
    images
    images

    न्यूजिल्यान्डलाई जित दिलाउने क्रममा एडन कार्सनले ४ ओभरमा २९ रन खर्चिँदै ३ विकेट लिइन्। यसैगरी एमेली केयरले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारिन। कार्सन सो खेलको उमन अफ द म्याच समेत घोषित भइन्।

    images
    images
    images

    वेस्ट इन्डिजका लागि अलराउण्ड प्रदर्शन गरेकी डियट्रा डोटिनले २२ बलमा ३३ रन जोडिन्। एफी फ्लेटचर १७ रनमा अविजित रहिन्।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ९ विकेटको क्षतीमा १२८ रन जोडेको हो। टोलीका सुजी बेट्सले २६ तथा जर्ज प्लिमरले ३३ रनको योगदान गरे। इस्बेला गाजा १४ बलमा २० रन जोड्दै अविजित रहिन् भने ब्रुक हलीले ९ बलमा १८ रन जोडिन्। वेस्ट इन्डिजका लागि डोटिनले ४ ओभरमा २२ रन खर्चिँदै ४ विकेट लिइन्।

    भारत, पाकिस्तान र श्रीलंका सेमिफाइनल समीकरण अगाडि नै बाहिरिएको यो प्रतियोगितामा फाइनल भिडन्तमा न्यूजिल्यान्ड पुगेको हो।

    दक्षिण अफ्रिका र न्यूजिल्यान्डको फाइनल प्रतिस्पर्धा आइबार साँझ पौने ८ बजे यूएईको दुबईस्थित सारजहामा हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।