Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले काठमाडौँ र पोखरामा प्रदर्शन गर्दै

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले काठमाडौँ र पोखरामा प्रदर्शन गर्दै

images
  • रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले काठमाडौँ र पोखरामा प्रदर्शन गर्दै
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज बिहान ११ बजे पोखराको मानवअधिकार चोक र दिउसो १ बजे काठमाडौँको माइतीघरमा  रास्वपाले प्रदर्शन गर्न लागेको हो । 

    images
    images
    images

    पोखरामा हुने प्रदर्शनको नेतृत्व गर्न पार्टीका दुवै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतका नेताहरू गएराति नै पोखरा पुगेका छन् । राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ रास्वपाले लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गर्न लागेको हो । 

    images
    images
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज बिहान कास्की प्रहरीको जिम्मा लगाएको छ । शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर लामिछानेलाइ कास्की प्रहरीको जिम्मा लगाएको हो । 

    images
    images
    images

    रातभरको पार्टी कार्यकर्ताको अवरोध र नाराबाजी छल्दै लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको थियो । सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

    रविलाई पोखरामा पुर्‍याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय वाग्ले र अर्यालसँगै रवि पत्नी निकिता पौडेलले भेट गरेका थिए । सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमासमेत ठाउँ ठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए । उनीहरुले सकारकारको विरोध गर्दै रविको पक्षमा नाराबाजी गरेका थिए ।

    लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारीको रकम ठगीको आरोप छ । यसअघि सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न प्रहरीसमक्ष सिफारिस गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।