सन्तोाष सुनार, प्युठान । प्यूठानमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
शनिवार राती ११ बजे ऐरावती गाउँपालिका ६ टिकुरीस्थित हरियाखोलाबाट लु २७ प ९१३४ नम्बरको मोटर साईकल बरौला जाने बाटोमा अनियन्त्रित भई दुर्घटना हुँदा वर्ष २७ का नबराज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक निरञ्जन रिजालले जानकारी दिए ।
चालक श्रेष्ठको उपचारका लागि लैजादा जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको प्रहरी निरिक्षक रिजालले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology