Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

images
  • रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
    images
    images

    राजेश पराजुली, पोखरा । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा शुक्रबार साँझ पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराइएकामा अदालतले ६ म्याद थपिदिएको हो ।

    images
    images
    images

    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस भएर म्याथ थप भएको हो ।

    images
    images
    images

    उनलाई आज दिउँसो १ः३० बजे अदालत पुर्याइएको थियो । अदालत जाने सिधा बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडितले प्रदर्शन गरेपछि उनलाई घुमाउरो बाटो लेकसाइड घुमाएर अदालत पुर्याइएको थियो ।

    images
    images
    images

    अदालतको मुख्य ढोकामै पुगेर लामिछानेले उत्तेजक प्रतिक्रिया दिएका थिए । लामिछानेलाई घुमाउरो बाटोबाट अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता पनि उत्तेजित हुँदै निषेधित क्षेत्रमा प्रवेश गरेर प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

    त्यसपछि प्रहरीले रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरी भिड नियन्त्रणको प्रयास गरेको थियो ।

    रास्वपाका कार्यकर्ताले निषेधाज्ञा तोडेपछि सहकारी पीडितले पनि निषेधित क्षेत्रमा प्रवेश गरेर नारावाजी गरेका थिए ।

    जिल्ला प्रशासन कार्यालयको गेट अगाडि रास्वपाका कार्यकर्ता र राष्ट्रबैंकचोकमा सहकारी पीडित जम्मा भएर प्रदर्शन गरेका थिए ।

    दुवै समूहको प्रदर्शनले रत्नचोक, वाईचोक, शहीदचोक, राष्ट्रबैंकचोक क्षेत्र आज दिनभर तनावग्रस्त बनेको थियो ।

    अप्रिय घटना हुन नदिन सयौँ संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । सुरक्षाकर्मीको कमाण्ड कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया आफैले गरेका थिए ।

    उनले पटक-पटक प्रदर्शनकारी सम्झाउँदै निषेधित क्षेत्र बाहिर पठाएका थिए । कास्की प्रशासनले आज बिहान सर्वदलीय बैठक डाकेर निषेधित क्षेत्र घोषणा गरेको थियो ।

    रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएसँगै अधिकांश केन्द्रीय नेता र कार्यकर्ता पोखरा आएका छन् ।

    कार्यकर्ता आउनेक्रम जारी रहेको बताइन्छ । पार्टीले प्रत्येक जिल्लाबाट एक सय जना आउन उर्दी नै जारी गरेको छ ।

    पोखरा आउने नेता कार्यकर्ताको व्यवस्थापन पार्टीको कास्की र गण्डकी प्रदेश समितिले गरेको छ रास्वपाले शनिबार पोखराको चिप्लेढुंगामा शक्ति प्रदर्शनसमेत गरेको थियो ।

    सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई शुक्रबार तेस्रो पटक २० दिन म्याद थप भएको थियो । उनी हाल कास्की प्रहरी हिरासतमै छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।