देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज सम्पन्न छुट्टाछुटटै खेलमा वडा नं २, वडा नं १० र वडा नं ६ विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेलमा वडा नं ३ लाई एक विकेटले पराजित गर्दै वडा नं २ विजयी भएको हो । देवदह माविको मैदानमा सम्पन्न खेलमा वडा नं ३ ले दिएको १२६ रनको लक्ष्य पच्छाएको वडा नं २ ले ९ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । खेलको सुरुवाती ब्याटिङ्ग गरेको वडा नं ३ का लक्ष्मण ज्ञवालीले २० बल खर्चिएर ४४ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त हुन सकेन । उक्त खेलमा वडा नं २ लाई जिताउन ३४ रन तथा २ विकेटको महत्वपूर्ण योगदान दिने जितेन्द्र बानियाँ म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी देवदह क्रिकेट युनिटको खेल मैदानमा सम्पन्न दोश्रो खेलमा वडा नं १० ले ६ विकेटको फराकिलो जित हात पारेको छ । वडा नं १२ ले दिएको १०२ रनको लक्ष्य १० ले मात्र ४ विकेटको क्षतीमा पुरा ग¥यो । वडा नं १२ का लागि विनोद काफ्लेले १५ तथा महेश मल्लाहले १४ रनको योगदान दिएपनि त्यो जितका लागि प्रयाप्त भएन । खेलमा वडा नं १० का रमेश शाहीले ३ ओभरमा २० रन खर्चिएर ३ विकेट हात पार्दा प्रदिप वाग्ले र अनुप राईले समान २÷२ विकेट लिए । वडा नं १० को जितमा विवस खातीले अविजित ३० रन जोड्दा प्रदिप वाग्ले ३० तथा जिवन अर्यालले २० रनको योगदान दिए । दोश्रो खेलको म्यान अफ दि म्याच विवस खाती घोषित भए ।
यस्तै देवदह माविको मैदानमा सम्पन्न तेस्रो खेलमा वडा नं ६ ले वडा नं ७ का विरुद्ध ४६ रनको सहज जित हात पारेको छ । खेलमा पहिले ब्याटिङ्ग गरेको वडा नं ६ ले ९ विकेटको क्षतीमा दिएको ९५ रनको लक्ष्य भेटाउन नसक्दा वडा नं ७ ले हार ब्यवहोर्नुप¥यो । पहिले ब्याटिङ्ग गरेको वडा नं ६ का लागि कृतिमान ढकालले २८ तथा अमृत कुँवरले १६ रनको योगदान दिँदा वडा नं ७ का अर्जुन गिरीले ३, हेमन्त थापा र अनिल नेपालीले २/२ विकेट हात पारेपनि त्यो जितको लागि प्रयाप्त भएन । वडा नं ६ विरुद्ध जवाफी ब्याटिङ्गमा उत्रिएको वडा नं ७ का लागि विनोद क्षेत्रीले १२ र सबिन पाण्डेले ११ रनको योगदान गरेपनि अरु खेलाडिले दोहोरो अङ्क जोड्न नसक्दा ४८ रनमा अलआउट हुन पुग्यो । वडा नं ७ लाई सस्तैमा समेट्न वडा नं ६ का अर्जुन रायमाझीले ३ र कमल जैसीले २ विकेटको महत्वपूर्ण योगदान गरे । उक्त खेलको म्यान अफ दि म्याच अर्जुन रायमाझी घोषित भए ।
प्रतियोगिता अन्तर्गत आईतवार २ वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा नं १ र वडा नं ४ को विचमा बिहान १० बजे देवदह माविको खेल मैदानमा हुनेछ भने दोस्रो खेल सोही समयमा देवदह क्रिकेट युनिटको खेल मैदानमा वडा नं ६ र वडा नं ११ को विचमा हुने आयोजक क्लबका अध्यक्ष अजय थापाले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology