देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न खेलमा वडा नं. १० र वडा नं. ८ विजयी भएका छन् । विजयी भएसंगै वडा नं १० सेमिफाईनल पुग्ने दोश्रो टिम बन्न सफल भएको छ ।
प्रतियोगिता अन्तर्गत सोमवार (आज) देवदह क्रिकेट युनिटको मैदानमा सम्पन्न पहिलो खेलमा वडा नं ७ वि लाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै वडा नं १० ले सेमिफाईनलको यात्रा तय गरेको हो । खेलमा टस जितेर पहिले बलिग रोजेको वडा नं १० ले रमेश राई र विवस खातीको घातक बलिङ्गको सहयोगमा वडा नं ७ वि लाई ५७ रनमा अल आउट ग¥यो । खेलमा रमेश राईले ५ विकेट, विवस खातीले २ तथा प्रदिप वाग्ले र अनुप राईले एक एक विकेट लिए । ७ बि को लागि विनय कार्कीले १८ रन बाहेक अरु खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
५८ रनको झिनो लक्ष्य सहित मैदानमा उत्रिएको वडा नं १० ले मात्र २ विकेटको क्षतीमा लक्ष्य पुरा ग¥यो । वडा नं १० को लागि विवस खातीले ४४ रनको योगदान गरे । वडा नं ७ वि का विशाल ज्ञवाली र राजन पराजुलीले एक एक विकेट लिए । खेलमा विवस खाती म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी देवदह क्रिकेट युनिटको खेल मैदानमै सम्पन्न दोश्रो खेमा वडा नं ८ ले ७१ रनको जित हात पारेको छ ।
टस जितेर वडा नं १ ले दिएको ब्याटिङ्गको निम्तोलाई स्वीकार्दै मैदनमा उत्रेको वडा नं ८ ले आशिष पाण्डेको ३३, संकेत भट्टराईको २८ र प्रकाश भण्डारीको १८ रनको मद्धतमा १०० रनको योगफल तयार पा¥यो । वडा नं १ का इन्ताज अलिले ४ विकेट लिन बाहेक अन्य वलरहरु चल्न सकेनन् । जवाफमा १०१ रनको लक्ष्य सहित मैदानमा उत्रिएको वडा नं १ मात्र २९ रनमा अल आउट भयो । १० ओभर क्रिजमा टिकेको वडा नं १ का लागि कुनै पनि ब्याट्समेनले दोहोरो अङ्क जोड्न सकेनन् । वडा नं १ लाई सस्तैमा समेट्ट सुवास भण्डारीले ५ विकेट, संकेत भट्राईले एक ओभर मेडन सहित ४ विकेट, र आशिष पाण्डोले एक ओभर मेडन सहित एक विकेट हात पारे । खेलमा संकेत भट्टराई म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलवार भोली ४ वटा खेल हुने आयोजकले जनाएको छ । मंगलवारको पहिलो खेल वडा नं ५ विरुद्ध वडा नं २ विच विहान १० बजे देवदह माविको खेल मैदान र दोस्रो खेल वडा नं ७ वि विरुद्ध वडा नं १२ विच देवदह क्रिकेट युनिटको खेल मैदानमा सोही समयमा हुनेछ । यसैगरी तेस्रो खेल वडा नं ७ ए विरुद्ध वडा नं ११ विच दिउसो २ बजे देवदह क्रिकेट युनिटको खेल मैदानमा हुनेछ भने चौथो खेलमा वडा नं ८ ले वडा नं ४ को सामना गर्नेछ । उक्त खेल देवदह माविको खेल मैदानमा हुने आयोजक क्लबका अध्यक्ष अजय थापाले बताए ।
देवदह नगरका विभिन्न वडा बाट १२ टिम सहभागि प्रतियोगितामा प्रथम हुनेले ३० हजार तथा फस्ट रनर अपले १५ हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट ब्याट्समेन र बलरलाई समेत पुरस्कृत गरिने छ । कार्तिक ०९ गतेबाट सुरु भएको प्रतियोगिता कार्तिक १५ गते समापन हुने खेल संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology