देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आईतवार सम्पन्न खेलमा वडा नं. ४ र वडा नं. ६ विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत आईतवार (आज) देवदह क्रिकेट युनिटको मैदानमा सम्पन्न पहिलो खेलमा वडा नं ११ लाई ४३ रनले पराजित गर्दै वडा नं ६ विजयी भएको हो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको वडा नं ६ का लागि सागर काफ्लेले २६ वलको सामना गर्दै ३५ रन, कमल जैसीले २४ बलमा ३२ रन तथा कृतिमान ढकालले २४ बल खेल्दै १७ रनको योगफल तयार पारे । वडा नं ११ का राकेश यादव, युवराज मिश्र र अशोक चौधरीले समान १÷१ विकेट लिए ।
११३ रनको लक्ष्य पच्छाएको वडा नं ११ सवै विकेट गुमाएर ६९ रनमा समेटिएपछि खेल वडा नं. ६ को पोल्टामा पुग्यो । वडा नं ११ का लागि युवराज मिश्रले १८ तथा र अशेक चौधरीले १० रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । ११ लाई सस्तैमा समेट्न कमल जैसीले ४ तथा अभि मल्ल र अर्जुन रायमाझीले समान २÷२ विकेट लिए । उक्त खेलमा वडा नं ६ को जितमा ३२ रन र ४ विकेट लिर्दै नायक बनेका कलम जैसी म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी देवदह माविकोे खेल मैदानमा सम्पन्न दोश्रो खेलमा वडा नं ४ ले ४ विकेटको जित हात पारेको छ । टस जितेर बलिङ्ग रोजेको वडा नं ४ ले ११ लाई ५३ रनमा अल आउट ग¥यो । वडा नं. ११ को लागि जितेन्द्र जयसवालले ११ रन जोडेपनि अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । वडा नं ४ को लागि सन्दिप अर्यालले ५ तथा राजन तिवारी र नविन पंगेनीले समान २÷२ विकेट लिए ।
५४ रनको झिनो लक्ष्य सहित मैदानमा उत्रिएको वडा नं ४ ले नविन पाण्डेको १८ रनको मदतमा ५ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । वडा नं ११ का जितेन्द्र जयसवालले ३ र पप्पु यादवले २ विकेट लिए पनि हार टरेन । खेलमा वडा नं ४ का सन्दिप अर्याल म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमवार २ वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा नं ७ बि र वडा नं १० को विचमा बिहान १० बजे हुनेछ भने दोस्रो खेल दिउसो २ बजे वडा नं. १ र वडा नं ८ का विच हुनेछ । दुवै खेल देवदह क्रिकेट युनिटको मैदानमा हुने आयोजक क्लबका अध्यक्ष अजय थापाले बताए ।
देवदह नगरका विभिन्न वडा बाट १२ टिम सहभागि प्रतियोगितामा प्रथम हुनेले ३० हजार तथा फस्ट रनर अपले १५ हजार रुपैंया प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट ब्याट्समेन र बलरलाई समेत पुरस्कृत गरिने छ । कार्तिक ०९ गतेबाट सुरु भएको प्रतियोगिता कार्तिक १५ गते समापन हुने खेल संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology