Logo

२०८३, आश्विन १०गते


images
images

वडा नं ८ बन्यो वडा स्तरीय क्रिकेट लिग देवदहको विजेता

वडा नं ८ बन्यो वडा स्तरीय क्रिकेट लिग देवदहको विजेता

images
  • वडा नं ८ बन्यो वडा स्तरीय क्रिकेट लिग देवदहको विजेता
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा जारी नगर वडा स्तरीय लिग क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ८ ले जितेको छ । बिहिबार देवदह क्रिकेट युनिटको खेलमैदानमा भएको फाईनल खेलमा वडा नं ६ लाई ४४ रनले पराजित गर्दै वडा नं ८ ले उपाधि जितेको हो । 

    images
    images
    images

    फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको वडा नं ८ ले २० ओभरमा ६ विकेट गुमाउदै ११४ रन बनायो । टिमका लागि प्रकाश भण्डारीले ५३ रन र संकेत भट्टराईले २१ रनको योगदान दिए । बलिङतर्फ अर्जुन रायमाझीले ३ विकेट, कमल जैसीले १ विकेट लिए ।

    images
    images
    images

    ११५ रनको लक्ष पच्छ्याएको वडा नं ६ ले १५ ओभर ३ बलमा  आफ्नो सबै विकेट गुमाउदै ७१ रनमा सिमित भयो । टिमका लागि कमल जैसीले १९ रन, क्याप्टेन प्रेम भुर्तेलले १० रन बाहेक अन्य खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ वडा नं ८ का संकेत भट्टराईले ४ विकेट तथा दिपक भण्डारी र सुवास भण्डारीले २-२ विकेट लिए ।

    images
    images
    images

     खेलको म्यान अफ दि म्याच प्रकाश भण्डारी घोषित भए ।

    उपाधि हात पारेसंगै वडा न ८ ले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र  प्राप्त गरेको छ  ।  उपविजेतामा चित्त बुझाएक वडा नं ६ ले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र  प्राप्त गर्‍यो ।

    प्रतियोगिताका उत्कृष्ट खेलाडीसंगै उत्कृष्ट बलर संकेत भट्टराई घोषित भए । यस्तै उत्कृष्ट ब्याट्सम्यानको उपाधी प्रकाश भण्डारीले हात पारे । 

    कार्तिक ९ गते बाट सुरु भएको प्रतियोगितामा १२ टिमहरुको सहभागिता रहेकाे थियाे ।


    यसैविच कार्यक्रम समापनको अवसरमा आयोजकले देवदहका पुराना खेलाडीहरुलाई खादा र कदरपत्रले सम्मान गरेको छ ।

    विजेता र उपविजेता खेलाडीहरूलाई  देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, वडा नं ८ का अध्यक्ष हरी प्रसाद पाण्डेय, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।