कृष्ण अन्जान, रुरु । समय बलावान भएर आउँछ - याे भनाई यतिवेला रुरुक्षेत्रकाे रिडीबजार र वरिपरिका वस्ति हरुमा लागू भएकाे छ । कुनै बेला निर्जन स्याल कराउने रिडीबजारकाे वसपार्क क्षेत्र र बगर तिर जाने बाटाेबाट कालिगण्डकी करिडोर गएपछि याे क्षेत्रमा जग्गाकाे भाउ यसरी उर्लिएकाे छ कि जाे काेहिले जग्गा किन्न सक्ने अवस्था छैन ।
रिडीकाे उपल्लो बजारमा घर र पछाडिका जग्गामा पहिले यहाँका वासिन्दाले चर्पी बनाउँथे अब त्यहि चर्पी बनाउने घरपछाडिकाे जग्गा सुनकाे माेलमा खरिद बिक्री हुँदैछ ।
कालिगण्डकी करिडाेरकाे तल्लाे र उपल्लो भागकाे जग्गा छाेई सक्नु छैन काैडिकाे माेलका जग्गा यतिवेला पाँचलाख हातमा विक्रि भईरहेकाे रिडीबजारका समाजसेवी अजित श्रेष्ठले बताउनु भयाे । भर्खर मैलेपनि त्यहि माेलमा जग्गा खरिद गरेर घर बनाउँदै छु अजित श्रेष्ठको भनाई छ ।
एक दुई वर्षमै कालिगण्डकी कारिडाेरकाे वसपार्कबाट पुर्व पट्टी लामाचौतारी सम्मकाे जग्गाकाे मूल्य ह्वात्तै बढेकाे यसैक्षेत्रमा सबैभन्दा ठुलाे र सुविधा सम्पन्न विहानी हाेटल सन्चालन गरिरहेका शैलेन्द्र दर्लामीकाे भनाई छ ।
यतिबेला उपल्लो रिडी बजार मुख्यतया रिडीमा बन्दै गरेकाे तिनमुखे पुल, तटबन्ध, कालिगण्डकी करिडाेरले रिडीमा पर्यटन विकासकाे सुनौलाे भविष्य देखिएकाले पनि रिडीमा अाकर्षण बढेकाे र जग्गाकाे मूल्य बढेकाे स्थानीयहरुकाे ठम्याईँ छ ।
यसै त साँगुराे रिडीबजारमा जग्गाको अभाव हुँदै गर्दा नजिकैका स्याङ्जाको कालिगण्डकी गाउँपालिकाकाे किटप क्षेत्र तानसेन नगरपालिकाकाे वडा नं. १४ काे अर्गली कुँडापनी बँगाला कुसेनी क्षेत्र रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न १ काे मसौदि एक्लेपिपल देखि कुजु सातमुरे क्षेत्र, रातामाट र च्यूरेक तिरकाे जग्गाकाे भाउ पनि बिस्तारै बढ्ने क्रममा देखिएकाे छ ।
रुरुक्षेत्र गाउँ पालिकाकाे सालविसौना देखि झ्वाँले बिसौना स्यालपाेखरी हुँदै पक्कि सडक निर्माणकाे तयारी सँगै रुरु धार्मिक पर्यटन क्षेत्रलाई लक्षित गरि याे क्षेत्रमा सुविधा सम्पन्न हाेटल र रिसाेर्ट बन्न सक्ने सँभावना देखिएकाे छ ।
यसै गरि रुरुक्षेत्रकाे पर्यटन सँग जाेडेर स्थानिय तालखाेला क्षेत्रमा ईकाेटुरिजमकाे तयारी पनि भईरहेकाे छ ।
रुरुक्षेत्रलाई भजाउँदै यतिबेला याे क्षेत्र नजिकैका गाउँहरूमा कृषि फार्म, इकाे रिसाेर्ट र ससाना गाउँले हाेटल सन्चालनमा छन भने रिडी बजारकाे कालिगण्डकी करिडोर क्षेत्रमा ठुला हाेटल सन्चालन हुन थालेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology