Logo

२०८३, श्रावण ३०गते


images
images

हालसम्म ५२ प्रदेश सांसदले रोजे नेकपा एस, दुईवटा प्रदेशमा एमालेभन्दा एस ठूलो 

हालसम्म ५२ प्रदेश सांसदले रोजे नेकपा एस, दुईवटा प्रदेशमा एमालेभन्दा एस ठूलो 

images
  • हालसम्म ५२ प्रदेश सांसदले रोजे नेकपा एस, दुईवटा प्रदेशमा एमालेभन्दा एस ठूलो 
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) तिर सांसदहरु खुल्ने क्रम जारी छ।  निर्वाचन आयोगले भदौ २२ सम्म एमाले छाड्ने समय दिएपछि प्रदेश सांसदहरुले नवगठित नेकपा (एस) रोज्ने क्रम मंगलबारदेखि सुरु भएको छ। 

    images
    images
    images

    नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ । मंगलबार देशका तीनवटा प्रदेशमा एमाले सांसदहरुले निर्वाचन आयोगका स्थानीय कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत गरेका छन्। 

    images
    images
    images

    सातमध्ये ६ वटा प्रदेशको प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति रहने भएको छ । प्रदेश २ र सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो हुने देखिएको छ भने गण्डकीमा उसको उपस्थिति रहने छैन । 

    images
    images
    images

    हालसम्म प्रदेश १ बाट १० जना, प्रदेश २ बाट १३ जना बागमती प्रदेश बाट १२ जना लुम्बीनीबाट १ जना र सुदुरपश्चीमबाट १० जना सांसद नेकपा एसमा खुलेका छन् । अहिलेसम्म गण्डकीमा माधव नेपाल पक्षीय सांसदको उपस्थिति शुन्य छ।  

    यो सँगै प्रदेशसभाको समीकरण समेत फेरबदल हुने भएको छ । प्रदेश १ र वागमतीमा मुख्यमन्त्री फेरेर पनि सरकार जोगाउने एमालेको प्रयास असफल हुने देखिएको छ । गण्डकी र लुम्बिनीमा यसअघि नै एमालेको सरकार ढलिसकेको छ भने प्रदेश २ मा जनता समाजवादी पार्टी ९जसपा० तथा कर्णाली र सुदूरपश्चिममा यसअघि माओवादी केन्द्र नेतृत्वको सरकार छ ।


    कुन प्रदेशमा कति सांसद खुले 

    प्रदेश १  

    प्रदेश १ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा एकीकृत समाजवादीमा जाने भएका छन्। उनीहरूले बुधबार दिउँसो विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन्। ९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन्।


    सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित ५१ सांसद थिए। तीमध्ये एक जना सांसद फौजदारी अभियोगमा सजाय पाएकी छन् र उनी अहिले फरार सूचीमा छन्। १० सांसदले एमाले त्यागे मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना सांसदमात्र रहन्छन्।


    प्रदेश १ मा एकीकृत समाजवादीमा लागेका सांसदहरु राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरी रहेका छन् । 


    प्रदेश २  

    प्रदेश २ मा नेकपा एमाले भन्दा नेकपा एस बलियो देखिने भएको छ। त्यहाँ नेकपा एमालेबाट १३ जना सांसद नेकपा एसतिर लाग्ने एकजना सांसद शत्रुधन महतोले बताएका छन्। प्रदेश २ मा एमालेका १९ सांसद छन्। जसमध्ये ६ जना मात्रै नेकपा एमालेमा रहने अवस्था आएको छ। हाल उपचारका लागि भारतमा रहेका सांसद डिल्ली उप्रेती पनि नेकपा एसमै खुल्ने बताइएको छ। 


    प्रदेश २ मा एमाले सांसदहरु गोविन्द न्यौपाने, मञ्जु कुमारी यादव, बेची लुङ्गेली, अशोक यादव, सीता गुरुङ, मदनसिंह श्रीवास्तव, प्रमोद कुमार यादव, रवीन्द्र बैठा,  सुन्दर विश्वकर्मा, शत्रुधन महतो र डिल्ली उप्रेती नेकपा एसतिर लाग्ने भएका छन्। 


    बागमती प्रदेश 

    बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकै मन्त्रिमण्डलका सदस्य सामाजिक विकास मन्त्री कृष्ण खनालसहित १२ सांसदले एमाले छाडेका छन्। हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर खनालसहित १२ सांसदले एमाले छाडेर नेपाल नेतृत्वको नेकपा एसतर्फ सनाखत गरेका हुन्। 


    नेकपा एस रोजेका सांसद लक्ष्मण लम्सालले बागमतीमा १४ देखि १५ जना सांसदले एमाले छाड्ने बताए। मंगलबार नेकपा एस रोज्नेहरूमा अबको मुख्यमन्त्रीका दाबेदार राजेन्द्र पाण्डे पनि छन्। त्यहाँ राजेन्द्र पाण्डे, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ,  इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार कार्कीले नयाँ पार्टीको पक्षमा सनाखत गरे। 

    नेपाल पक्षले बागमतीमा नयाँ पार्टीको पक्षमा सनाखत गर्नेहरु १४ देखि १५ जना पुग्ने दाबी गरेको छ। १२ जना सांसद एमाले छाडेर नेकपा एसमा लागेपछि शाक्यको सरकार अब स्पष्ट अल्पमतमा परेको छ। 


    लुम्बीनी प्रदेश 

    लुम्बिनीमा एमालेकी एकजना समानुपातिक सांसदले मात्रै माधव नेपालको पार्टी रोजेकी छन्। पाल्पाबाट समानुपातिकबाट निर्वाचित घर्ती मगरले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन्।   

    घर्तीले दाङस्थित निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन्।


    कर्णाली प्रदेश 

    कर्णाली प्रदेशसभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । प्रदेशसभामा रुकुमपश्चिमकी  देवी ओली ९रुकुमपश्चिम०, मुगुका चन्द्रबहादुर शाही र  जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीको पक्षमा रहेको सुर्खेत स्थित निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् । 

    प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन् । प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए । जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, सम्बरबहादुर थापा, नन्दसिंह बुढालाई एमालेले कारबाही गरेको थियो । एमालेका कारवाहीमा उनीहरु चारैजना अहिले नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीमा छन् । 

    एमालेको आन्तरिक विवादको समयमा माधवकुमार नेपाललाई साथ दिँदै आएका दल रावल र करवीर शाही भने एमालेमै रहेका छन् । झलनाथ समुहमा रहेका दैलेखका सुशील थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन । बिगतमा नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन्।  

    सुदूरपश्चिम प्रदेश 

    नेकपा एमालेबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।समाजवादीतर्फ खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत मंगलबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन्।  भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमाले १३ सांसद माधव नेपाल नेतृत्वको नेकपा एस तिर खुलेका थिए।  

    तर सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन बनेका सांसदहरु तारा लामा तामाङ र अर्चना गहतराजको खोजी भइरहेको सोडारीले बताएका थिए।  हराएका भनिएका दुई सांसदले केपी शर्मा ओली र माधव नेपाल दुवैतिर बार्गेनिङ गरेको खुलेको छ। तर उनीहरु दुवैले केही दिनमा नेकपा एसमै सनाखत गर्ने सम्भावना छ भएको बताईको छ ।  

    नेकपा एसमा सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।