Logo

२०८३, श्रावण ३०गते


images
images

बाढीका कारण स्पेनमा ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

बाढीका कारण स्पेनमा ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

images
  • बाढीका कारण स्पेनमा ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
    images
    images

    काठमाडौं । स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् ।

    images
    images
    images

    मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भारी वर्षाका कारण पुल, भवन लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । बस्तीहरु डुबानमा परेपछि मानिसहरु ज्यान जोगाउन घरका छत र रुखमा चढेका थिए ।

    images
    images
    images

    देशको स्थिति खराब भएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ

    images
    images
    images

    भ्यालेन्सियामा मात्रै ९२ जनाको मृत्यु भएको तथ्यांक छ । भ्यालेन्सियाको पश्चिमी तटीय क्षेत्रमा ७ वर्षीय ब्रिटिश नागरिकसहित अरु तीन जना पनि मृत फेला परेको बीबीसीले जनाएको छ ।

    मिडिया रिपोर्टहरुका अनुसार स्पेनमा बाढीका कारण सन् १९७३ पछिकै खराब अवस्था देखिएको छ । त्यतिबेला बाढीमा परी १५० जनाको मृत्यु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेन
  • # राष्ट्रिय शोक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।