Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

फ्रान्स र स्पेनमा डढेलोको कहर : साढे दुई लाखभन्दा बढी विस्थापित

फ्रान्स र स्पेनमा डढेलोको कहर : साढे दुई लाखभन्दा बढी विस्थापित

images
  • फ्रान्स र स्पेनमा डढेलोको कहर : साढे दुई लाखभन्दा बढी विस्थापित
    images
    images

    काठमाडौँ । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दक्षिणी युरोपमा ठूलो मानवीय संकट उत्पन्न भएको छ । यस सातामात्रै डढेलोका कारण दुई लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् भने स्पेनको भ्यालेन्सिया प्रान्तमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । यो घटनासँग सम्बन्धित पहिलो मानवीय क्षति हो ।

    images
    images
    images

    फ्रान्सले डढेलो नियन्त्रणका लागि पहिलो पटक विशाल सैन्य ढुवानी विमान परिचालन गर्दै आगो फैलिन नदिने विशेष रसायन जंगलमाथि छरेको छ । साथै, राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिन विश्वप्रसिद्ध साइकल प्रतियोगिता टुर डे फ्रान्सको अन्तिम चरण पनि छोट्याइएको छ ।

    images
    images
    images

    फ्रान्सको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न विशेष रूपमा परिमार्जित ए चार हजार सैन्य विमानले कम उचाइबाट आगो रोक्ने रसायन छरिरहेको छ । जमिनमा हजारौँ दमकलकर्मी आगो नियन्त्रणमा खटिएका छन् ।

    images
    images
    images

    अधिकारीहरूले आगो मदिरा उत्पादनका लागि प्रसिद्ध बोर्डो सहरतर्फ फैलिन सक्ने चेतावनी दिएका छन् । फ्रान्सका गृहमन्त्री लरेन नुनेजले हावाको दिशा पश्चिमबाट पूर्वतर्फ बदलिन सक्ने भएकाले आगो बोर्डोनजिक पुग्ने जोखिम रहेको बताए ।

    उनका अनुसार आगो नियन्त्रणका लागि खाल्डाखुल्डी खन्ने, विशेष रसायन प्रयोग गर्ने तथा अन्य सबै सम्भावित उपाय अपनाइएका छन् । आगो सहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको र रातभरि यसको तीव्रता केही घटेको जानकारी पनि उनले दिएका छन् ।

    डढेलो नियन्त्रणमा सुरक्षा निकायलाई परिचालन गर्न आयोजकहरूले टुर डे फ्रान्सको अन्तिम तथा २१औँ चरणको दूरी १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटरमा सीमित गरेका छन् ।

    पहिले प्रतियोगिता पेरिसको पश्चिमस्थित थोइरीबाट सुरु हुने तय भए पनि अब दौड सिधै पेरिस सहरभित्र हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा खटिने सुरक्षाकर्मीमध्ये केहीलाई डढेलो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा पठाइनेछ ।

    अधिकारीहरूले बोर्डो र डढेलोबीचका बस्तीहरू खाली गराउन आदेश दिएका छन् । पश्चिमी उपनगरसहित धेरै सहर, गाउँ र बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

    बोर्डो प्रशासनले हजारौँ मानिसलाई प्रदर्शनी केन्द्रमा अस्थायी रूपमा राखेको छ। आवश्यक परे त्यहाँ १० हजार जनासम्म बस्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ । बोर्डो विमानस्थल सञ्चालनमा रहे पनि बस र ट्राम सेवा भने अस्थायी रूपमा बन्द गरिएको छ। मोबाइल सन्देशमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । फ्रान्सले गिरोन्द क्षेत्रमा एक हजार चार सयभन्दा बढी दमकलकर्मी परिचालन गरेको छ भने ल्यान्ड्स क्षेत्रमा थप सयौँ सुरक्षाकर्मी खटाइएको छ ।

    विशेष सैन्य विमानसँगै कम्तीमा १८ अन्य विमान तथा हेलिकोप्टरले लगातार पानी र आगो रोक्ने रसायन छरिरहेका छन् । सरकारले राहत अभियानमा सैनिकसमेत परिचालन गरेको छ। विषाक्त धुवाँबाट नागरिकलाई जोगाउन १५ लाख अनुहार ढाक्ने सुरक्षात्मक मास्क पनि मगाइएको छ ।

    विशेषज्ञहरूले असामान्य गर्मी र जलवायु परिवर्तनका कारण यस वर्ष डढेलो अत्यन्त तीव्र र विनाशकारी बनेको बताएका छन् । स्पेनका दमकलकर्मीका अनुसार आगो यति तीव्र गतिमा फैलियो कि धेरै स्थानमा त्यसको प्रत्यक्ष सामना गर्नसमेत सम्भव भएन। फ्रान्सको अटलान्टिक तटीय क्षेत्रमा रहेका पर्यटकीय स्थानबाट केही मानिसलाई डुङ्गामार्फत उद्धार गर्नुपरेको थियो । स्पेनले डढेलो नियन्त्रणका लागि दुई हजार ६ सय दमकलकर्मी, प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारी परिचालन गरेको छ। उनीहरूलाई १९ वटा विमान र हेलिकोप्टरले सहयोग गरिरहेका छन्।

    स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजका अनुसार यस वर्ष हालसम्म एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट प्रभावित भइसकेको छ। पछिल्लो दशकमा वार्षिक औसत क्षति करिब एक लाख हेक्टर रहने गरेको थियो। शनिबार मौसममा केही सुधार आएपछि आगो नियन्त्रणमा केही सहज भएको अधिकारीहरूले बताएका छन्।

    फ्रान्स र स्पेनलाई सहयोग गर्न इटाली, ग्रीस, नेदरल्यान्ड्स, पोर्चुगल, क्रोएसिया, चेक गणराज्य, स्विडेन, स्लोभाकिया, जर्मनी र स्विट्जरल्यान्डले आगो नियन्त्रणमा प्रयोग हुने विमान तथा हेलिकोप्टर उपलब्ध गराएका छन् वा परिचालन गर्ने तयारी गरेका छन् ।

    अधिकारीहरूले अझै पनि आगो पूर्ण रूपमा नियन्त्रणमा नआएकाले आगामी केही दिन अत्यन्त चुनौतीपूर्ण रहने चेतावनी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फ्रान्स
  • # स्पेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।