Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

फ्रान्सकी दक्षिणपन्थी नेतृ ले पेनलाई राहत, राष्ट्रपतिको चुनाव लड्न बाटो खुल्ने

फ्रान्सकी दक्षिणपन्थी नेतृ ले पेनलाई राहत, राष्ट्रपतिको चुनाव लड्न बाटो खुल्ने

images
  • फ्रान्सकी दक्षिणपन्थी नेतृ ले पेनलाई राहत, राष्ट्रपतिको चुनाव लड्न बाटो खुल्ने
    images
    images

    काठमाडौँ । फ्रान्सकी दक्षिणपन्थी नेतृ मरिन ले पेनले सन् २०२७ को राष्ट्रपतीय निर्वाचन लड्ने सम्भावनामा अदालतबाट आंशिक राहत पाएकी छन् । पेरिसको पुनरावेदन अदालतले उनलाई युरोपेली संसदको रकम दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरे पनि यसअघि सुनाइएको सजामा केही कमी गरेको हो ।

    images
    images
    images

    अदालतले सार्वजनिक पद धारण गर्न लगाइएको प्रतिबन्ध पाँच वर्षबाट घटाएर ४५ महिना कायम गरेको छ, जसको दुईतिहाइ अवधि निलम्बनमा रहनेछ । त्यस्तै, चार वर्षको जेल सजालाई घटाएर तीन वर्ष कायम गरिएको छ । तीमध्ये दुई वर्ष निलम्बनमा रहनेछन् भने बाँकी एक वर्ष उनले घरमै विद्युतीय निगरानी उपकरण लगाएर बिताउनुपर्नेछ ।

    images
    images
    images

    यो मुद्दा सन् २००४ देखि २०१६ बीच युरोपेली संसदबाट संसदीय सहयोगीहरूको तलबका लागि छुट्याइएको रकम पार्टीका कर्मचारीलाई प्रयोग गरेको आरोपसँग सम्बन्धित छ । यसअघि सन् २०२५ को मार्चमा तल्लो अदालतले ले पेनलाई चार वर्ष जेल सजासहित पाँच वर्षसम्म कुनै पनि निर्वाचित पद धारण गर्न नपाउने फैसला सुनाएको थियो, जसविरुद्ध उनले पुनरावेदन गरेकी थिइन् । ५७ वर्षीया ले पेनले सबै आरोप अस्वीकार गर्दै आफूले कुनै गैरकानुनी काम नगरेको बताउँदै आएकी छन् । उनी सन् २०२७ मा चौथोपटक फ्रान्सको राष्ट्रपतिको निर्वाचन लड्ने तयारीमा छिन् ।

    images
    images
    images

    यदि विद्युतीय निगरानी उपकरण लगाएर चुनावी अभियान चलाउन असम्भव हुने निष्कर्षमा उनी पुगिन् भने उनको दलको तर्फबाट वर्तमान अध्यक्ष ३० वर्षीय जोर्डन बार्डेला उम्मेदवार बन्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फ्रान्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।