राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकामा पाँच हजार कुकुर दर्ता भएका छन् ।
महानगरपालिकाले सडकमा जथाभावी छाडिने कुकुरको व्यवस्थापनका लागि घरपालुवा कुकुर दर्ता प्रक्रिया अघि बढाएका हालसम्म पाँच हजार कुकुर दर्ता भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।
उनले कुकुर दर्ता गरेर मात्र पाल्न आग्रह गरे । उनले पोखरामा विगतमा जस्तो जनावरका कारण सडक दुर्घटना हुने समस्या नरहेको स्पष्ट पारे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology