सुरज श्रेष्ठ, वीरगञ्ज । पर्सामा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । पर्साको नारायणी अस्पतालमा उपचाररत ३३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
मृत्यु हुने पर्सा जिल्लाको पोखरिया नगरपालिका निवासी ३३ वर्षीय पुरुष रहेका छन् ।
गम्भीर किसिमको कोभिड निमोनिया भएका उनको बिहिवार बिहान पौने २ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहले बताए ।
उनी भदौं १० गते अस्पताल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएकै दिन उनको कोभिड परिक्षण गर्दा पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology