Logo

२०८३, श्रावण ३०गते


images
images

म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो

म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो

images
  • म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो
    फाइल फोटो
    images
    images

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालत पेस गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो । 

    images
    images
    images

    सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीसहित लिला पछाइ र रामबहादुर खनाललाई पनि म्याद थपको लागि केही बेर अगाडि जिल्ला अदालत कास्कीतर्फ लगिएको थियो । 

    images
    images
    images

    कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालतमा पेस गरिएको हो । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।

    images
    images
    images

    सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो । 

    उनीमाथि सङ्गठित अपराधसँगै सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।