Logo

२०८३, श्रावण ३०गते


images
images

रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति

रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति

images
  • रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति
    फाइल फोटो
    images
    images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

    images
    images
    images

    तिहार बिदा सकिएपछि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अदालतले तिहार बिदाको ५ दिन उधारो हिरासतसहित जोडेर कात्तिक २३ गतेसम्मका लागि प्रहरीलाई अनुसन्धानको अनुमति दिएको हो ।

    images
    images
    images

    जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले खबरहबलाई बताएअनुसार अब रविलाई कात्तिक १५ देखि लागु हुने गरी १० दिनको म्याद थपिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रविविरुद्ध अनुसन्धानका लागि थप २५ दिन समय मागेको थियो । जसमा तिहार बिदाको ५ दिन काट्दा अदालतले दिएमा रविले अझै २० दिन अर्थात् मंसिर १० गतेसम्म हिरासतमा बस्नुपर्ने हुन्थ्यो। अदालतले १० दिनको मात्रै अनुमति दिएको हो ।

    रविका साझेदार पूर्वडीआईजीसमेत रहेका जोशी असोज ६ देखि कास्की प्रहरीको हिरासतमा छन् । उता कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

    लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरिएको थियो । कात्तिक १५ मा म्याद सकिए पनि तिहार बिदाका कारण त्यसबीचको ५ दिनमा अदालत लगिएको थिएन ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा हिरासतमा रहेका लामिछाने र जोशीसँगै पक्राउ परेका अन्य लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

    रविसँगै उनका व्यावसायिक साझेदार तथा गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशीलाई पनि म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको थियो।

    अदालतले जोशी, पछाईं र खनाललाई पनि समान थप १० दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।