Logo

२०८३, आश्विन ९गते


images
images

हिन्दुराज्य, संघियता खारेजी र  राजतन्त्रको लागि राप्रपाको संगठन सुदृढीकरण अभियान 

हिन्दुराज्य, संघियता खारेजी र  राजतन्त्रको लागि राप्रपाको संगठन सुदृढीकरण अभियान 

images
  • सेतोमसी सहकर्मी
  • हिन्दुराज्य, संघियता खारेजी र  राजतन्त्रको लागि राप्रपाको संगठन सुदृढीकरण अभियान 
    images
    images

    कृष्ण अन्जान, रुरु । राष्ट्रिय प्रजातन्त्र पार्टी गुल्मीले सँगठन सुदृढीकरण अभियान शुरु गरेकाे छ ।
    अासन्न महाधिवेशन लाई लक्षित गर्दै राप्रपा गुल्मीले याे अभियान चलाएकाे हाे ।

    images
    images
    images


    विहिवार सत्यवति गाउँ पालिकाकाे खैरेनिमा अायाेजित भेलाले पिताम्वर कुँवरकाे अध्यक्षतामा १३ सदस्यीय राप्रपा सत्यवति गाउँ समिति गठन गरिएकाे छ । समितिकाे सचिवमा  लिला राना रहनु भएकाे छ भने सदस्य हरुमा निर्मल कामी अनिल कालिराज अमृत दमाई थम्मन परियार ध्रुव दमाई लाल बहादुर नेपाली  खड्ग घर्ती अजय शाहि अनिष खत्रि खडक बहादुर खत्रि  सराेज पाण्डे र विपिन केशि रहेका छन ।

    images
    images
    images


    यसै बिच राप्रपाकाे भेलामा सत्यवति गाउँपालिका विभिन्न वडाहरुबाट नेकपा एमाले नेकपा माअाेवादि र नेपाली काँग्रेस परित्याग ठुलाे सँख्यामा स्थानीय हरु राप्रपामा प्रवेश गरेकाे राप्रपा गुल्मी जिल्ला अध्यक्ष अनिल कक्षपतिले जानकारी दिनु भयाे ।

    images
    images
    images


    राप्रपा सत्यवति गाउँ पालिकाकाे भेला तथा पार्टी प्रवेश कार्यक्रममा बाेल्दै राप्रपाका नेता तथा जिल्ला विकास समिति गुल्मीका पुर्व सभापति पुर्ण बहादुर खत्रि गणतन्त्रका नाममा अाएकाे खहरेकाे मुल सुक्दै जाने बताउनु भयाे ।


    राजा राष्ट्र राष्ट्रियता र धर्न प्रति अास्था हुने हरु मात्र सच्चा नेपाली हुन सक्ने बताउँदै धर्मनिरपेक्षता र सँघियता खारेजीकाे जाेडदार माग गर्नु भयाे ।
    कार्यक्रममा अाफ्ना धारणा राख्दै राप्रपाका जिल्ला अध्यक्ष अनिल कक्षपतिले अबकाे सँघर्ष सँवैधानिक राजतन्त्र र हिन्दुराज्य राज्य भएकाे र राप्रपाकाे राजनैतिक बटमलाईन पनि यहि भएकाे बताउनु भयाे ।


    ९५ प्रतिशत हिन्दु भएकाे राष्ट्रमा हिन्दुराज्य सिधै घाेषणा गरिनु पर्ने बताउनु हुँदै राजा महेन्द्रले बनाएकाे  राज्य सँरचना पाँच विकास क्षेत्र १४ अँचल र पचहत्तर जिल्ला कायम गरिनु पर्ने र सँघियता खारेज गरिनु पर्नेमा अध्यक्ष कक्षपतिकाे जाेड थियाे ।


    राप्रपा गुल्मी जिल्ला अध्यक्ष अनिल कक्षपतिकाे अध्यक्षतामा भएकाे भेला र पार्टी प्रवेश कार्यक्रममा जिल्ला उपाध्यक्ष अजित श्रेष्ठले स्वागत र जिल्ला सचिव यज्ञ बहादुर पाण्डेले सन्चालन गर्नु भएकाे थियाे ।


    पछिल्लो पटक हिन्दुराज्य र राज सँस्था प्रति जनमत बढिरँहदा गुल्मी जिल्लामा पनि राप्रपाले अभियान जारी राखेको छ तर केही व्यक्तिहरुले पार्टीलाई पारिवारिक बनाउन खाेजेकाले सँगठन सुदृढीकरणमा अवराेध अाएपनि पार्टीको नेतृत्व युवाले लिए पछि सँगठन सुदृढीकरण अभियानले गति लिन लागेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।