Logo

२०८३, श्रावण ३०गते


images
images

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा डुब्दा २ जनाको मृत्यु, १२ बेपत्ता

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा डुब्दा २ जनाको मृत्यु, १२ बेपत्ता

images
  • दक्षिण कोरियामा माछा मार्ने डुङ्गा डुब्दा २ जनाको मृत्यु, १२ बेपत्ता
    images
    images

    काठमाडौं । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शुक्रवार माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।

    images
    images
    images

    स्थानीय समय अनुसार बिहान ४ः३३ बजे २७ जना चालक दलका सदस्यसहितको १२९ टन वजनको जहाज जेजुको बियाङ टापुबाट २४ किलोमिटर टाढा डुबेको हो ।

    images
    images
    images

    १६ दक्षिण कोरियाली र ११ विदेशीसहित चालक दलका सदस्यमध्ये १५ जनालाई उद्धार गरिएको थियो जसमध्ये दुई जनालाई हृदयघातको अवस्थामा भेटिएको र पछि मृत घोषणा गरिएको थियो ।

    images
    images
    images

    उद्धारकर्ताहरूले १० दक्षिण कोरियाली र दुई विदेशीसहित बेपत्ता १२ नाविकहरूको खोजी गरिरहेका छन् ।

    उद्धार गरिएका चालक दलका सदस्यहरूले आफ्नो डुंगा अर्को जहाजमा स्थानान्तरण गर्ने क्रममा माछा मार्ने डुङ्गा अचानक पल्टिएर डुबेको बताएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।