Logo

२०८३, श्रावण २७गते


images
images

गुनी गाईको कथा

कलियुगकाे कामधेनु गाई, दशवर्ष अघि ब्याएकाे गाईले निरन्तर दूध दिँदै

कलियुगकाे कामधेनु गाई, दशवर्ष अघि ब्याएकाे गाईले निरन्तर दूध दिँदै

"वहर पनि लागेन अब गाई बिग्रियाे भन्ने साेँचे तर गाई त पौराणिक कालको कामधेनु सावित भयाे"
images
  • सेतोमसी सहकर्मी
  • कलियुगकाे कामधेनु गाई, दशवर्ष अघि ब्याएकाे गाईले निरन्तर दूध दिँदै
    फोटो: कृष्ण अन्जान/ सेतोमसी
    images
    images

    कृष्ण अन्जान, रुरु । रुरुक्षेत्र गाउँपालिका १ भट्कुवा ठकुरी टाेलका खिम बहादुर चन्दले दश वर्ष  अगाडी व्याएकाे गाईले दश वर्ष देखि निरन्तर दूध दिँइरहेकाे छ । अनौठाे  भएको भन्दै खिम बहादुर चन्दले आफुले १० बर्षदेखी दुध दुहुँदै  आएको बताए ।

    images
    images
    images


    विक्रम सम्बत २०६३ सालमा रुरुक्षेत्र ३ गौतम टाेलबाट खिम बहादुर चन्दले किनेर लगेकाे गाई पछिल्लो पटक २०६८ सालमा ब्याएकाे र त्यसपछि व्याएकाे छैन र विहान साँझ दूध दिएकाे छ । विहान दुई माना र साँझ दुईमाना दूध दिन्छ मज्जाले घिउ लाग्छ अचम्मै भाे गाईधनी खिम बहादुर चन्द बताउनु हुन्छ ।

    images
    images
    images


    "वहर पनि लागेन अब गाई बिग्रियाे भन्ने साेँचे तर गाई त पौराणिक कालको कामधेनु सावित भयाे" चन्दले भन्नु भयाे ।

    images
    images
    images


    आफुले बेचेकाे गाई त्यति गुनि निस्केकाे सुनेर रुरुक्षेत्र ३ का शुकदेव गौतम अचम्म पर्दै भन्नु हुन्छ मैले सुने गाईले दस वर्षसम्म निरन्तर दूध दिएकाे छ रे नव्याईकन । हेर्न गएकाे छैन एक पटक पुगेर गाईकाे दर्शन गर्ने मन छ ।


    झनपछि झन दूध स्वादिष्ट र पौष्टिक छ र मज्जाका डल्ला घिउ लाग्छ घिउ पनि साहै मिठाे मँग्मगाउँदाे छ । गाईकाे बारेमा सुने पछि अाफुपनि गाई हेर्न भट्कुवा ठकुरी टाेल पुगेकाे रुरुक्षेत्र १ का परमा नन्द ज्ञवालीले बताउनु भयाे ।


    साँच्चै गाई हृष्टपुष्ट लैनाे जस्तै बाल्टिमा गाजलाग्ने गरि दूध दिने र दूध पनि स्वादिष्ट लाग्याे याे त प्रकृतिकाे बरदान नै लाग्याे परमा नन्द ज्ञवालीले भन्नुभयाे । याे गाईकाे बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान हुनुपर्छ यदि यस प्रकारकाे गाईकाे वँशाणुगत विकास हुन सक्याे भने किसानलाई सजिलाे हुन्छ ज्ञवालीले थप्नुभयाे ।


    गाई धनि खिम बहादुर चन्द अाफ्नाे घरमा चमत्कारी गाई भएर पनि मिडियाबाट टाढा हुनुहुन्छ । उहाँसँग सेताेमसीले भेट्दा पहिलाे पटक मिडियाले खाेजेकाे प्रतिक्रिया दिनु भयाे ।


    लैनाे हुँदा याे गाई किन्न जति पनि अाए तर मलाई बेच्न मन लागेन सयाद मेरा पुर्खाले कुनै पुण्यकाे काम गरेका थिए र गौमाताकाे रुपमा साक्षात कामधेनु गाई मेराे घरमा आईन् खिम बहादुर चन्दले भन्नुभयाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।