अहिले हरेक घरमा प्रयोग हुँदै आएको प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यन्तै हानिकारक र घातक रहेको छ। प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुने र मानिसको स्वास्थ्यमा असर पर्ने भएकोले प्लास्टिकजन्य वस्तुहरु जलाउन पूर्ण रुपमा रोक लगाउनुपर्छ ।
चिकित्सकहरूका अनुसार प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भई जनस्वास्थ्यमा असर पर्ने हुँदा उक्त कार्य नगर्नका लागि नगरपालिकाले नै पहल गरेर जनचेतना फैलाउन जरुरी छ । हुन त एकातर्फ अहिले प्लाष्टिक हाम्रो दैनिक प्रयोगमा आइरहेको छ भने, अर्कातर्फ चाडो नगल्ने, नसड्ने भएको कारण पर्यावरण र जनस्वास्थ्यका लागि अत्यन्तै खतरा बन्दै गएको छ ।
हिमाल, पहाड, वनजंगल, तालतलैया र नदी–नाला, बजार, गाउँ शहर सबैतिर फ्याकिएका प्लाष्टिकको फोहोरले जताततै दुर्गन्धित र कुरूप बनाउँदै गइरहेको छ । हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरूको उत्पादनमा ईष्टर–थ्यालेट, बिसो फिनोल “ए”, फिनोल “एस”, जिनोईस्ट्रोजेनहरू, सिसा र एण्टिमनि जस्ता तत्वहरू मिसाइएको हुन्छ । उक्त तत्वहरूको प्रयोग प्लाष्टिकजन्य वस्तुहरूलाई मुलायम, टिकाउ, दरिलो, उपयोगी र आकर्षक बनाउन प्रयोग गरिन्छ जुन मानव स्वास्थ्यका लागि एकदमै घातक हुन्छ । यस्ता विषाक्त तत्वहरूका सूक्ष्म मात्राले पनि शरिरका विभिन्न अङ्गहरूका क्रियाशिल कोषहरूलाई मार्न सक्रिय हुने र खासगरी अण्डकोष, डिम्बाशय, थाईमस ग्रन्थी, गर्भमा हुर्कँदै गरेको शिशु र अन्य छिट्टै विकसित हुने कोषहरूलाई मार्ने गर्दछ । यसले मोटोपन बढ्ने । पुरुषहरूको स्तन बढ्ने, केटीहरूमा समय पूर्व नै यौवनका लक्षणहरू देखापर्ने, पुरूष ग्रन्थि (प्रोस्टेट) बढ्ने र क्यान्सर हुने, नपुङ्शकता, बाँझोपन, हर्मोन गडबडी र गर्भमै बच्चा मर्ने अथवा विकलाङ्ग बच्चाहरू जन्मनेजस्ता विभिन्न समस्या देखिने गर्दछ ।
जताततै जथाभावी तरिकाले गरिएको प्लाष्टिक विसर्जनले पर्यावरण प्रदुषित गर्नुका साथै जनस्वस्थ्यमा ठूलो क्षति पुर्याउने हुँदा नगल्ने प्लाष्टिकबाट बच्नका लागि जलाउने गरिएको पाइन्छ । जसको कारण वातावरणमा कार्वनडाइअक्साइड, कार्वन मनोअक्साइड र अन्य विषालु ग्याँसहरूको मात्रा बढ्न गई मानव स्वास्थ्यमा विभिन्न समस्या बढ्न मानिसको मृत्युको कारण बन्न सक्छ ।
जताततै जथाभावी तरिकाले गरिएको प्लाष्टिक विसर्जनले पर्यावरण प्रदुषित गर्नुका साथै जनस्वस्थ्यमा ठूलो क्षति पुर्याउने हुँदा नगल्ने प्लाष्टिकबाट बच्नका लागि जलाउने गरिएको पाइन्छ । जसको कारण वातावरणमा कार्वनडाइअक्साइड, कार्वन मनोअक्साइड र अन्य विषालु ग्याँसहरूको मात्रा बढ्न गई मानव स्वास्थ्यमा विभिन्न समस्या बढ्न मानिसको मृत्युको कारण बन्न सक्छ । प्लाष्टिकजन्य पदार्थबाट हुने धुँवाले अन्य वस्तुबाट हुने हानीको तुलनामा गुणात्मक असर पारी स्वास प्रस्वासमा समस्या, पाचन क्रियामा समस्या, पेटको समस्या, लिभरको समस्या, फोक्सो र घाँटीको क्यान्सर लगायतका अन्य विभिन्न समस्याहरु हुने भएकोले प्लाष्टिकजन्य पदार्थको प्रयोगमा रोक लगाउन जरुरी छ ।
प्लाष्टिकजन्य पदार्थको जलनबाट उत्पन्न ग्याँसले पर्यावरण तातिदै जाने ‘ग्लोबल वार्मिङ’को समस्या ल्याउने खतरा बढ्ने र प्लास्टिक बिसर्जन गर्न यसलाई खाल्डो खनेर गाडिदिने गरिन्छ । प्लाष्टिककै कारण माटोले उर्वरशक्ति गुमाउँदा उब्जाउमा असर पुग्छ ।
पर्यावरणीय समस्याका साथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखापरेका भयावह रोगहरूको कारक पनि प्लाष्टिकलाई मानिएको छ । यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरूले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरूलाई कडाइका साथ प्रतिबन्ध लगाउँदै गएका छन् ।
एउटा प्लास्टिकको झोला जलाउँदा ५० जनालाई पुग्ने अक्सिजन नष्ट हुने कुरा विभिन्न अध्ययनहरुबाट बुझ्न सकिन्छ । बरु सुकेको तुलसीको झाङ्ग आँप पिपलको हाँगा र विभिन्न जडिबुटीलाई सुकाएर जलाउँदा र बेला बेला हवन गर्दा, घ्यू र तेलको बत्ती बाल्दा प्रदुषण नष्ट हुने र वातावरण स्वच्छ हुने हुन्छ । तिहारमा बिजुलीबाट बालिने झिलिमिली बत्तीभन्दा घ्यू र तेलको बत्ती धेरै राम्रो हुन्छ ।
हाम्रो देशमा पनि पोलिथिनको उपयोग र विक्री वितरणलाई निरुत्साहित गर्न विभिन्न कानुनहरूको व्यवस्था गरी नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थभन्दा पोलीथिन प्रयोगलाई मात्र निरुत्साहित गर्ने खालको कानुन छ । तर, कानुनले मात्र यसको प्रयोगलाई घटाउन सकिँदैन । यसका लागि जनचेतना वा हरेक व्यक्ति आफैँमा सजग हुन जरूरी हुन्छ । प्लाष्टिकको विकल्पमा अहिले विभिन्न प्रकारका पातहरु जस्तै साल, सेखुवा, नरिवल, सुपारी , केरा लगाएतका पातहरुबाट तयार गरिएका थाल, कचौरा, प्लेट, चम्चा, ग्लासहरुको प्रयोग धेरै उत्तम हुन्छ । त्यस्तै अहिले बजारमा विभिन्न माटाका भाँडाहरु पाइन्छन् । जुन स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ। त्यस्तै, तामा, पित्तल र काँसका भाँडाहरु धेरै स्वस्थकर मानिन्छ भने स्टिलका भाडाहरु पनि राम्रै मानिन्छ ।
एउटा प्लास्टिकको झोला जलाउँदा ५० जनालाई पुग्ने अक्सिजन नष्ट हुने कुरा विभिन्न अध्ययनहरुबाट बुझ्न सकिन्छ । बरु सुकेको तुलसीको झाङ्ग आँप पिपलको हाँगा र विभिन्न जडिबुटीलाई सुकाएर जलाउँदा र बेला बेला हवन गर्दा, घ्यू र तेलको बत्ती बाल्दा प्रदुषण नष्ट हुने र वातावरण स्वच्छ हुने हुन्छ । तिहारमा बिजुलीबाट बालिने झिलिमिली बत्तीभन्दा घ्यू र तेलको बत्ती धेरै राम्रो हुन्छ । हामी देखावटी संसारमा रमाउन छोडेर स्वास्थ्यको हिसाबले बाँच्न कोशिस गर्यौँ भने हामी पनि धेरै स्वस्थ रहन सक्छौँ र हाम्रो वरिपरिको वातावरणलाई पनि धेरै हदसम्म स्वस्थ बनाउन सक्छौँ । हामीले चाहेमा विभिन्न विकल्पहरु छन् । तर सजिलो र सस्तोको चक्करमा हामीले लाखौँ खर्च गरेर पनि ठीक नहुने रोगहरु हाम्रो दैनिक उपभोग्य वस्तुहरुका माध्यमबाट हाम्रो शरीरमा प्रवेश गराइरहेका छौँ । जसको कारण हाम्रो स्वस्थ जीवन अस्वस्थ जीवनमा परिणत भैरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology