Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी ठगी प्रकरण

रविलाई रुपन्देही ल्याइने भएपछि सुरक्षा व्यवस्था कडा, बुटवलमा दोहोरो प्रदर्शनको सम्भावना

रविलाई रुपन्देही ल्याइने भएपछि सुरक्षा व्यवस्था कडा, बुटवलमा दोहोरो प्रदर्शनको सम्भावना

images
  • रविलाई रुपन्देही ल्याइने भएपछि सुरक्षा व्यवस्था कडा, बुटवलमा दोहोरो प्रदर्शनको सम्भावना
    images
    images

    रुपन्देही । सरकारले रुपन्देही र आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । रास्वपाका सभापति रवि लामिछानेलाई बुटवल ल्याइने भएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

    images
    images
    images

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि आज लामिछानेलाई रुपन्देही ल्याइँदै छ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर सुरक्षा संवेदनशीलता बढाइएको छ, जहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूलाई व्यापक रूपमा परिचालन गरिएको छ । लामिछानेलाई पोखराबाट उडानमार्फत ल्याउने तयारी गरिएको भए पनि विमानस्थलमा खराब मौसमका कारण उडान ढिला भइरहेको जनाइएको छ ।

    images
    images
    images

    लामिछानेलाई रुपन्देही ल्याउने भएसँगै रास्वपाका समर्थकहरू भैरहवामा प्रदर्शनको तयारीमा जुटेका छन् । रास्वपाले आफ्ना कार्यकर्ताहरूलाई बिहान १० बजे भैरहवामा उपस्थित हुन निर्देशन दिएको थियो ।

    images
    images
    images

    लामिछानेको समर्थनमा प्रदर्शनको तयारी भइरहेका बेला सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको योजना बनाइरहेका छन् । यसले दोहोरो प्रदर्शनको सम्भावना बढाएको छ । यही घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षामा थप कडाइ गरिएको हो ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता रहेको आरोप छ । संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनअनुसार, सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा, साथै १४ करोड २९ लाख रुपैयाँ अन्य व्यक्तिहरू मार्फत गोर्खा मिडिया नेटवर्कमा पठाइएको भनिएको छ । यस प्रकरणमा बयानका लागि उनलाई रुपन्देही ल्याउन लागिएको हो ।

    विमानस्थलदेखि सरकारी वकिलको कार्यालयसम्म सुरक्षा व्यवस्था मजबुत पारिएको छ । प्रहरी प्रशासनले कुनै पनि अप्रिय घटना हुन नदिनका लागि सतर्कता अपनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।