रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि कास्कीबाट रुपन्देही लगिएको छ ।
बुद्धएयरलाइन्सको जहाजबाट उनलाई केही बेरअघि पोखराबाट भैरवा एयरपोर्ट पुर्याइएको हो ।
उनी सवार जहाज पाँच घण्टा कुरेपछि भैरहवा विमानस्थलमा अवतरण गरिसकेको छ। उनलाई अब त्यहाँबाट बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइँदैछ ।
बयान सकिएमा उनलाई मंगलबार नै कास्कीको पोखरा फर्काउने तयारी छ । यदि बयान नसकिएमा उनलाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमै राखिनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology