भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा बयानका लागि भैरहवा पुर्याइएको छ ।
पोखराबाट श्रीएयरलाइन्सको जहाजमा भैरहवा झारेलगत्तै उनलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । अहिले त्यहाँ सुप्रिम सहकारीको बचत हिनामिनाबारेमा रविको बयान लिने काम भइरहेको छ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा जिल्ला अदालत रुपन्देहीले रविविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यसपछि २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले भैरहवा लगेको हो ।
भैरहवामा आजै बयान नसकिए रविलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology