Logo

२०८३, श्रावण ३०गते


images
images

रूपन्देही सुपरलिग : लुम्बिनी शाक्यन द्वारा बुद्ध क्रिकेट पराजित

रूपन्देही सुपरलिग : लुम्बिनी शाक्यन द्वारा बुद्ध क्रिकेट पराजित

images
  • रूपन्देही सुपरलिग : लुम्बिनी शाक्यन द्वारा बुद्ध क्रिकेट पराजित
    images
    images

    भैरहवा । लुम्बिनी शाक्यन क्लबले बुद्ध क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनीले बुद्धलाई २५ रनले पराजित गरेको हो ।

    images
    images
    images


    भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ४६ रन बनायो । शाक्यनका लागि विष्णु थापाले ३२, जावेद खानले २९, अजमत अलीले २३ र संजय राजभरले १३ रन जोडे । बलिङमा बुद्धका अजित यादव र अजय त्रिपाठीले समान ३–३  विकेट तथा अमित अग्रहरीले २, अनुज चौहान र प्रवेज अन्सारीले १–१ विकेट लिए ।

    images
    images
    images


    १ सय ४७ रनको लक्ष्य सहित जवाफी  ब्याटिङमा उत्रिएको बुद्ध ३० ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २१ रनमा समेटियो । बुद्धका लागि प्रवेज अन्सारीले ३४, रामकृष्ण यादवले अविजित ३१ र अजित यादवले १३ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । बुद्धलाइलाई सस्तैमा समेट्न शाक्यनका बैतुल्लाह खानले ४, अहम्मद खान र विष्णु थापाले २–२ तथा अजमित अली र संजय राजभरले १–१ विकेट लिए । खेलमा लुम्बिनी शाक्यनका बैतुल्लाह खान प्लेयर अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    images
    images
    images

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

    सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपरलिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।