Logo

२०८३, श्रावण ३०गते


images
images

रूपन्देही सुपरलिग : उपाधिका लागि वेष्टर्न र लुम्बिनी खुकरी भिड्ने

रूपन्देही सुपरलिग : उपाधिका लागि वेष्टर्न र लुम्बिनी खुकरी भिड्ने

images
  • रूपन्देही सुपरलिग : उपाधिका लागि वेष्टर्न र लुम्बिनी खुकरी भिड्ने
    images
    images

    भैरहवा । वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्लब भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा उपाधिका लागि भिड्ने भएका छन् । वेष्टर्नले तिलोत्तमा क्रिकेट एकेडेमीलाई र खुकुरीले तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेसँगै उपाधिका लागि भिड्ने भएका हुन् । वेष्टर्न र खुकुरीबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

    images
    images
    images

     

    images
    images
    images

    दोस्रो सेमिफाइनलमा तिन विकेटले विजयी भएको वेष्टर्नले जितका लागि तिलोत्तमाले दिएको ९६ रनको झिनो लक्ष्य २३ ओभरमा ७ विकेटको नोक्सानीमा पुरा गर्यो । वेष्टर्नको जितमा देव खनालले ३३, रन्जित खड्काले २२ र सन्देश थापाले अविजित १५ रनको योगदान गरे । बलिङमा तिलोत्तमाका विपिन खत्री, हरिशंकर साह र सागर भण्डारीले समान २–२ विकेट लिए ।

    images
    images
    images

     

    यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित ५० ओभरमा २८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ९५ रनको योगफल तयार गर्यो। तिलोत्तमाका लागि मनिष थापाले सर्वाधिक ४७ रन बनाएपनि अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम उपाधि होडबाट बाहिरियो । बलिङमा तिलोत्तमालाई सस्तैमा समेट्न वेष्टर्नका रञ्जित कुमारले ४, देव खनालले ३, सन्देश थापाले २ तथा नरेन साउदले १ विकेट लिए । खेलमा अलराउण्ड प्रदर्शन गरेका देव खनाल प्लेयर अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

     

     

    रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।