Logo

२०८३, आश्विन ११गते


images
images

गुल्मीको छत्रकोटमा ३१ जना किसानलाई पेन्सन 

गुल्मीको छत्रकोटमा ३१ जना किसानलाई पेन्सन 

images
  • गुल्मीको छत्रकोटमा ३१ जना किसानलाई पेन्सन 
    images
    images

     

    images
    images
    images

    सुमन महतारा १९ भदौ गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिकाले‘कृषक पेन्सन’कार्यक्रम सुरु गरेको छ । किसानलाई प्रोत्साहित गर्दै कृषि क्षेत्रमा कृषकलाई आत्मनिर्भर बन्न गत आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रमअन्तर्गत मासिक १ हजार रुपैयाँका दरले ‘कृषक पेन्सन ’को व्यावस्था गरिएको छ ।व्यावसायिक खेति र पशुपालन गरिरहेका कृषकलाई उत्पादन र आम्दानीको आधारमा पेन्सन दिइने गाउँपालिका कृषि शाखा प्रमुख सपना भण्डारिले बताएकि छन । 

    images
    images
    images

    कार्यक्रममा करिव ३१ जना भन्द बढि कृषकले पेन्सन लिइरहेका छन । 
    गाउँपालिकामा करिव २ सय भन्दा बढि कृषकहरु व्यावसायिक कृषि खेति गर्छन । तर गाउँपालिकाले उत्पादन र आम्दानिको आधारमा व्यावसायिलाई क,ख,र ग बर्गमा छुट्याएको गाउँपालिकाले जनाएको छ । पेन्सन लिनको लागि गाउँपालिकाको कार्यविधिमा भए अनुसार बार्षि ३ लाख ४० हजार रुपैया भन्दा बढि आम्दानि गर्ने (क) वर्गको कृषकलाई पेन्सन दिने गाउँपालिकाले जनाएको छ । 

    छत्रकोटका अधिंकांस व्यावसायिक कृषकले सिजन अनुसार टमाटर,काक्रो र,सुन्तला बाट मनग्य फाईदा लिएका छन भने पशुपालन तर्फ बंगुर,खसि,बोका,कुखुरा बाट राम्र आम्दानि गर्दे आइरहेका छन । 

    छत्रकोटका अधिंकाश ठाउँमा बाटो पुगेको छ । कृषि पेशामा रमाएका कृषकलाई बाटो बनेपछि बजारिकरण गर्ने सुविधा भएको छ । छत्रकोट १ हुँगाका कृषक दानबहादुर पल्लीले `कृषक पेन्सन कार्यक्रम सुन्दा खुसि लागेको´ बताए । उनि छत्रकोट गाउँपालिकाका व्यावसायिक कृषक हुन । मासिक १ लाख रुपैयाँ भन्दा बढि आम्दानि गर्ने पल्लीको कृषि फर्ममा १२ जना भन्दा बढि कर्मचारि छन । `मासिक १ लाख बढि कमाई गरेपनि गाउँपालिकाले वास्ताविक कृषक पहिचान गरि पेन्सनको व्यावस्था गरेकोमा निकै खुसि भएको ´उनले बताए ।

     यता गाउँपालिकाले २०७९  सम्म करिव एक सय कृषकलाई पेन्सन दिने लक्ष्य रहेको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण पन्तले बताएका छन । यो कार्यक्रम गर्ने छत्रकोट गाउँपालिका गुल्मीको पहिलो स्थानिय तह हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।