Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण

इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण

images
  • इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण
    images
    images

    एजेन्सी । इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको छ ।

    images
    images
    images

    इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा मङ्गलबारदेखि निरन्तर आक्रमण गरेको जनाउदै एएफपिटिभीले शनिबार बिहान उक्त क्षेत्रका भवनहरूबाट धुवाँ उडेको देखाइएको छ ।

    images
    images
    images

    आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा हारेट ह्रीक उपनगरका बासिन्दाहरूलाई उक्त क्षेत्र खाली गर्न आह्वान गरेका थिए  । 

    images
    images
    images

    पोष्टमा अरबी भाषामा ‘तपाईँ हिजबुल्लाहका सुविधाहरू नजिक हुनुहुन्छ, यसको विरुद्ध इजरायली सेनाले सिग्र आक्रमण गर्नेछ’, भन्दै कम्तिमा ५०० मिटर टाढा जान आग्रह गरिएको थियो ।

    लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले ‘इजरायलले’  तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ ।  

     पछिल्लो समयमा दक्षिण बेरुतमा भएको बारम्बारको इजरायली हवाई आक्रमणले यस क्षेत्रबाट नागरिकहरूको ठूलो पलायन निम्त्याएको छ ।

    दक्षिणी लेबनानमा, इजरायलले शुक्रबार राति र शनिबार बिहान धेरै आक्रमणहरू गरेको एनएनएले जनाएको छ । यसै गरी हिजबुल्लाहले रातारात, उत्तरी इजरायलमा सेनाको मुख्यालयलाई लक्षित गरी दुईवटा रकेट आक्रमण गरेको दाबी गरेको छ । 

    गत सेप्टेम्बर–२३ देखि, इजरायलले लेबनानमा हवाई आक्रमण बढाएको छ, भने हिजबुल्लाहले स्थलगत सेना तैनाथ गरेको छ । लेबनानी अधिकारीहरूका अनुसार गत वर्षको अक्टोबरमा हिजबुल्लाह र इजरायल बिच आक्रमण सुरु भए देखि तीन हजार ४४० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । 

    द्वन्द्वले लेबनानमा पाँच अर्ब डलर भन्दा बढी आर्थिक नोक्सान पुर्‍याउनुका साथै संरचनात्मक क्षति अरबौँ भन्दा बढी भएको विश्व बैंकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायली सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।