Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायली सेनाद्धारा गाजामा २ प्यालेस्टिनी पत्रकारको हत्या

इजरायली सेनाद्धारा गाजामा २ प्यालेस्टिनी पत्रकारको हत्या

images
  • इजरायली सेनाद्धारा गाजामा २ प्यालेस्टिनी पत्रकारको हत्या
    images
    images

    काठमाडौं । इजरायली सेनाले सोमवार गाजा पट्टीमा दुई छुट्टाछुट्टै आक्रमण गरि दुई प्यालेस्टिनी पत्रकारको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । प्यालेस्टाइन टुडेका संवाददाता मोहम्मद मन्सुर, दक्षिणी गाजाको खान युनिसमा रहेको उनको अपार्टमेन्टलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा उनकी श्रीमती र बच्चाहरूसहित मारिएका छन् ।

    images
    images
    images

    अर्को आक्रमणमा उत्तरी गाजाको जबालियाको पूर्वमा इजरायली हवाई आक्रमणमा अल जजीरा मुबाशेर च्यानलका संवाददाता होसम शबातको मृत्यु भएको स्रोतहरूले बताएका छन् । हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले एक विज्ञप्तिमा इजरायली कब्जाद्वारा पत्रकारहरूलाई लक्षित र हत्या गरिएको कडा शब्दमा निन्दा गरेको छ । 

    images
    images
    images

    अन्तर्राष्ट्रिय समुदायलाई गाजामा प्यालेस्टिनी पत्रकार र मिडिया पेशेवरहरू विरुद्धका यी व्यवस्थित अपराधहरूको निन्दा गर्न आह्वान गरेको छ । इजरायली सेनाले दुई आक्रमणहरूमा कुनै आधिकारिक टिप्पणी जारी गरेको छैन । मन्सुर र शबातको मृत्युसँगै अक्टोबर ७, २०२३ मा गाजा युद्ध शुरु भएदेखि मारिएका पत्रकारहरूको संख्या २०८ पुगेको छ । 

    images
    images
    images

    जनवरी १९ मा शुरु भएको हमाससँगको युद्धविराम रद्ध भएपछि इजरायलले मार्च १८ मा गाजामा पुनः आक्रमण शुरु गरेको छ।  इजरायली सेनाले पछि दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन कारबाही शुरु गरेको छ । पछिल्लो युद्धबाट मृत्यु हुनेको संख्या ७३० नाघेको छ । जसले गर्दा अक्टोबर २०२३ देखि मृतकको कुल संख्या ५० हजार ८२ पुगेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।