Logo

२०८३, श्रावण ३०गते


images
images

सिरियाली सेनाका मिसाइल र हतियार जफत गरेको इजरायली सेनाको दाबी

सिरियाली सेनाका मिसाइल र हतियार जफत गरेको इजरायली सेनाको दाबी

images
  • सिरियाली सेनाका मिसाइल र हतियार जफत गरेको इजरायली सेनाको दाबी
    images
    images

    काठमाडौं । इजरायली सेनाले सिरियामा गत हप्ता छापा मारेको र सिरियाली सेनासँग सम्बन्धित मिसाइल र हतियारहरू जफत गरेको बताएको छ । इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, इजरायली सेनाको कारबाही जारी छ र सिरियाका रणनीतिक बिन्दुहरूमा तैनाथ छन् ।

    images
    images
    images

    सेनाहरूले राइफल, गोला बारुद, मिसाइल र थप सैन्य उपकरणहरूसहित असंख्य हतियारहरू फेला पारेका छन् । इजरायलले सन् १९६७ को मध्य पूर्व युद्धमा गोलान हाइट्सका केही भागहरू कब्जा गरेको थियो । पछि १९८१ मा उक्त क्षेत्रलाई आफ्नो कब्जामा लियो । जुन कदमलाई धेरैजसो अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएनन् ।

    images
    images
    images

    सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले आफ्नो समूह, हयात तहरीर अल–शाम र अन्य मिलिशियाको नेतृत्वमा डिसेम्बर ८, २०२४ मा बसर अल–असदलाई हटाउन लगाएदेखि इजरायलले १९७४ मा रणनीतिक गोलान हाइट्समा स्थापित संयुक्त राष्ट्र संघ–निगरानी बफर जोनमा सेना तैनाथ गरेका छन् । त्यसपछि इजरायली सेनाले सिरियाली–नियन्त्रित गोलान हाइट्सका केही भागहरू र माउण्ट हर्मोनको चुचुरोसहित सिरियामा थप रणनीतिक बिन्दुहरू कब्जा गरेको छ । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।