Logo

२०८३, श्रावण ३०गते


images
images

मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन

मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन

images
  • मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्ने गराउने प्रयोजनका लागि विभिन्न कुराहरूको व्यवस्थाका लागि उपनिर्वाचन हुने सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    आयोगको मिति २०८१/०८/०३ को निर्णयअनुसार देहाय बमोजिमको व्यवस्थाका लागि निर्देशन दिइएको हो ।

    images
    images
    images
    • उपनिर्वाचन हुने स्थानीय तहहरूमा निर्वाचन आयोगबाट कायम भएका मतदानस्थल/केन्द्रहरूको संरचनाको संरक्षण, मर्मत सम्भार एवम् उक्त स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार आवतजावतको वैकल्पिक मार्ग, सडक, पुल पुलेसा, कम्पाउण्ड वाल, तारवार आदिको व्यवस्था र ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न हुन सम्बन्धित स्थानीय तहबाटै कार्यान्वयनको व्यवस्था मिलाउने ।
    • नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधनहरू, सभागृह तथा अतिथिगृह, सवारी साधन, परिवहनका साधन र अन्य विद्युतीय उपकरणहरू मर्मत संभार गरी ठिक दुरुस्त अवस्थामा राख्न र स्थानीय तह उपनिर्वाचनको कामको लागि आवश्यकता अनुसार प्रयोग गर्न सक्ने व्यवस्था गर्ने ।
    • स्थानीय तह उपनिर्वाचनको कार्य सम्पादन गर्न स्थानीय तहमा कार्यरत कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने कानुनी व्यवस्था बमोजिम कर्मचारीको विवरण अद्यावधिक गरी राख्ने र निर्वाचन प्रयोजनको लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा रहने ।
    • उपनिर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाई निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्बाध रूपमा सञ्चालन गर्ने व्यवस्थाका साथै तोकिएको मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरू समेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत संभार गरी गराई सुचारु अवस्थामा राख्ने व्यवस्था गर्ने ।
    • राजनीतिक दल तथा उम्मेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्याउनेगरी कुनै कार्य गर्न/गराउन नपाउने भएकोले स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य जुनसुकै भौतिक साधन प्रयोग गर्न गराउन पूर्णतः रोक लगाउने व्यवस्था गर्ने ।
    • आयोगको वेबसाइटमा प्रकाशित निर्वाचन प्रचार–प्रसार सामग्रीहरू यथासम्भव समयमै मतदाता समक्ष पुर्याउने व्यवस्था मिलाउने ।
    • आयोगबाट लागू भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरूले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटन लगायतका कार्यहरू नगर्ने/नगराउने व्यवस्था मिलाउने ।
    • निर्वाचन आचारसंहिता, २०७९ बमोजिम स्थानीय कार्यपालिका तथा सोका पदाधिकारी एवम् स्थानीय तह र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको पूर्ण पालना गर्ने गराउने र कहीँ कतैबाट आचार संहिता विपरीत कार्य भए गरेमा कारबाही गरी सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई दिने ।

    स्थानीय-तहलाइ-निर्देशन_page-0001.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।