Logo

२०८३, श्रावण ३०गते


images
images

बालेन एमालेविरुद्ध परिचालित भएको पुष्टि भयो : शंकर पोखरेल

बालेन एमालेविरुद्ध परिचालित भएको पुष्टि भयो : शंकर पोखरेल

images
  • बालेन एमालेविरुद्ध परिचालित भएको पुष्टि भयो : शंकर पोखरेल
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।

    images
    images
    images

    महासचिव पोखरेलले शुक्रबारको एमाले सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट मेयर शाह एमालेविरुद्ध परिचालित भएको प्रस्ट रूपमा बुझिएको आरोप लगाएका हुन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताए ।

    images
    images
    images

    शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको हो ।

    फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।

    IMG-20241123-WA0000.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।