Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्रीलाई काम होइन सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छ : विप्लव

प्रधानमन्त्रीलाई काम होइन सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छ : विप्लव

images
  • प्रधानमन्त्रीलाई काम होइन सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छ : विप्लव
    images
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सरकार कुनैपनि बेला ढल्नसक्ने भएकाले प्रधानमन्त्री ओली बचाउमा केन्द्रित हुनुपरेको उनको जिकिर थियो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार टिक्ने अवस्था नभएकाले मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको पनि बताए ।

    images
    images
    images

    उनले भ्रष्टहरूले सरकार हटाउने र सत्ता कब्जा गर्ने हर्कत गरिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको दाबी समेत गरे । महासचिव विप्लवले आफ्ना पार्टीका जेलमा रहेका पार्टीका नेता, कार्यकर्तालाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिए ।

    images
    images
    images

    उनले भने ‘हरेक वर्ष सरकार फेरिने । यो सरकार पनि के हुन्छ भन्ने कुरा निश्चित छैन भन्ने कुरा सुनिरहन्छौ । सरकारले कहिले काम गर्ने हो रु प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो ? सरकार ढल्दैन है भन्दै भाषण गर्ने । आजकाल केपीजी हुनु भएको छ । केपीजीको पनि कामै के छ भन्दाखेरि जम्माजम्मी यो सरकार ढल्दैन भन्ने । जनतालाई के लागेको छ भने यो राति ढल्नसक्छ, यो रातको १२ बजे ढल्न सक्छ । यो बिहानै उछिटिन सक्छ । अथवा देशलाई भ्रष्टाचारीहरूले कब्जा गर्न सक्छन् । यो लागिरहन्छ । देशको विकास कहिले गर्ने हो ? जनता सन्तुष्ट छैनन् ।’

    महासचिव विप्लवले आफ्नो पार्टीलाई दमन गर्ने नीति लिए त्यसको कडा ढंगले प्रतिवाद गर्ने चेतावनी समेत दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विप्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।