कृष्ण अन्जान, रुरु । आफ्नाे माटाे र मातृभूमि कस्लाइ प्याराे हुँदैन र केही समय अवसरकाे खाेजिमा गाउँ छाेडेपनि जिवनका पुर्वार्धमा गाउँ र जन्मठाउँकाे मायाले सबैलाई तान्दाे रैछ । रुरुक्षेत्र गाउँपालिका वडा न १ ठाडाबाटाका ऋषिराम ज्ञवाली करिव ३० वर्षको शहर बसाइलाइ पुर्ण विराम दिँदै अाफ्नाे पुर्ख्यौली थलाे च्यूरेककाे राताखर्कमा फर्केर बाँझाे र बन्जर बारिलाइ खनखाेरस मात्र हाेइन अाफुले शहर तिर जानेकाे जडिबुटी अौषधि बनाउने सिपलाइ सदुपयोग गर्दै बारिमा अायुर्वेद अौषधि जन्य जडिबुटी लागाउन शुरु गर्नु भएकाे छ ।
"अवसरकाे खाेजिमा शहर पसियाे वसियाे तर समयले गाउँ माग्याे र फर्केँ गाउँमा जस्तो अात्मियता शहरमा हुँदैन" ऋषिरामले भन्नु भयाे ।
अाजिवन व्रम्हचर्यमा वस्नु भएका ज्ञवाली याेग गुरु पनि हुनुहुन्छ र यसक्षेत्रका विध्यालयहरुमा याेग शिक्षाकाे तयारी गरिरहनु भएकाे छ ।
रुरुक्षेत्र १ च्यूरेक उपल्लार का अाेम ज्ञवाली लाई गाउँ भनेपछि हुरुक्कै छ । वरिष्ठ लाेक गायक तथा संगितकार समेत रहेका अाेम ज्ञवाली महिनाकाे दुइचार दिन गाउँमै वस्नु हुन्छ । पछिल्लो पटक त स्थानिय नेटाइ पाेखरिमा नयाँ घर बनाएर अब गाउँ फर्कने सँकेत दिनु भएकाे छ ।
याे अात्मियतासँग टाढा हुने कुरै भएन यहिमाटाे मा पसिना बगाइयाे मुरलि बजाउँदै बनतिर स्याउला काटेकाे मादल खैँजडि हार्माेनियम बजाएर यहि गाउँ सँगित सिकेकाे अाटाे राेटाे खाएर रमाएकाे बिर्सन सक्दिन गाउँ अाउँदा माटाे बसाउँछ अाेम ज्ञवालीकाे भनाइ छ ।
च्यूरेक प्राविमा लामाे समय अध्यापन गरेर भैरहवा तिर सर्नु भएका सुर्य प्रसाद खनाललाइ पनि अाफ्नाे गाउँकाे मायाले तानेको छ । दिनदिनै फाेनमा गाउँघरकाे हाल खवर साेध्ने खनाल पनि शहरकाे देखावटि बैभवता भन्दा गाउँकाे सरल पन नैअात्मिय भएकाे बताउनु हुन्छ ।
च्युरेक गाउँबाट करिव ७० प्रतिशत वासिन्दा शहर पलाएन भएकाे तथ्यांक थियाे तर पछिल्लो चरणमा याे घटेर ५० प्रतिशतमा झरेकाे छ ।याे शुखद पक्ष हाे ।
त्यसाे त गाउँ नछाडेका अभियन्ता हरु पनि धेरै छन । प्रदेश साँसद कमल श्रेष्ठ काे घर पनि रुरु ३ थानपतिमा पर्छ ।तर शहरकाे बसाइ वहाँलाइ पटक्कै मन छैन र गाउँ छाड्ने हरु प्रति सधै वहाँकाे गुनासाे छ । परिश्रम र पौरखताले गाउँकै माटाेमा सुन फल्छ भन्नुहुने साँसद कमलराज श्रेष्ठले अाफ्नै घरमा तरकारी खेती कुखुरापालन गरेर सबैलाइ स्वावलम्वी बन्न प्रेरित गर्नु भएकाे छ ।
रुरुक्षेत्र गाउँपालीका अध्यक्ष निलकण्ठ गौतमलाइ त बारिमा एक दुई घन्टा परिश्रम नगरि चित्तै बुझ्दैन ।
गाउँपालिकाकाे कामबाट फुर्सद निकालेर अध्यक्ष गौतम बारिमा तरकारी खुर्सानी कागतिकाे खनजाेत स्याहारसुसार गर्न रमाउनु हुन्छ ।
जीवन भरि अादर्शकाे राजनीति गर्नु भएका निलकण्ठ गौतम कसैले गाउँ छाडेर जाने कुरा गरे रिसाउनु हुन्छ । रुरुक्षेत्र गाउँ पालिकाकाे अध्यक्ष भै सकेपछि युवा हरुलाइ कृषि पशुपालन लघु उधाेगमा लाग्न उत्प्रेरित गर्नु गौतमकाे पहिलाे अभिष्ट हाे र गाउँमै राेजगार सिर्जना गरेर पलाएन राेक्नु पर्ने धारणा वहाँकाे छ ।
निश्चचय पनि गाउँकाे सरलता सौन्दर्यता र अात्मिय पनाकाे मापनकाे अाधार छैन ।गाउँ फर्केर अाफ्नै थात थलाेमा रमाउन सके गाउँ समृद्धि हुनेमा दुइमत रहन्न ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology