राजेश पराजुली, पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई बिहीबार काठमाडौं लगिएको छ । उनलाई साझँ बुद्ध एयरको जाहजबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई आरोपित गरेर जाहेरी दिएपछि अनुसन्धानका लागि काठमाडौं लगिएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिनेछ। भोलि (शुक्रबार) बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुनेछ।
रविलाई अहिले पोखराका सुर्यदर्शन सहकारी ठगि प्रकरणमा अनुसन्धान भइरहेको छ । यस अगाडी कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि पोखरा ल्याइएको थियो । अहिले काठमाडौंपछि चितवन लैजाने प्रहरीको भनाई छ ।
विभिन्न सहकारीको रकम गोर्खा मिडियामा रकम गएको र त्यसको अपचलनमा रविको संलग्नता, सम्पति सुद्धिकरण लगाएतमा प्रहरीले छानविन गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology