Logo

२०८३, आश्विन ११गते


images
images

निजामती सेवा दिवसको अवसरमा रुरुक्षेत्र गुल्मीमा वृक्षरोपण

निजामती सेवा दिवसको अवसरमा रुरुक्षेत्र गुल्मीमा वृक्षरोपण

images
  • निजामती सेवा दिवसको अवसरमा रुरुक्षेत्र गुल्मीमा वृक्षरोपण
    images
    images

    माधव ज्ञवाली ,गुल्मी । १८ औं निजामती सेवा दिवसको अवसर पारेर आज रुरुक्षेत्र गाउँपालिका गुल्मीमा श्रृङ्गेश्वर धाम परिसरमा  वृक्षरोपण गरिएको छ । डिभिजन बन अधिकृत प्रभात सापकोटा र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले वृक्षरोपण कार्यको शुभारम्भ गरेका थिए ।

    images
    images
    images

    सो अवसरमा श्रृङ्गेश्वर धाम र गाउँपालिकाको अस्थायी कार्यालय  परिसरमा धुपी सहित अन्य बिरुवा रोपिएको थियो । धार्मिक ,पौराणिक,ऐतिहासिक एवं  पर्यटकीय महत्व बोकेको श्रृङ्गेश्वर धामको प्रवेश द्वार नजिकै खाली जग्गालाई आकर्षक पार्क बनाउने योजना सहित राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियानको सुरुवात गरिएको बताइएको छ। 

    images
    images
    images

    कार्यक्रममा प्रहरी निरीक्षक सुवराज वम,मेडिकल अधिकृत डा.विकास पन्थी , सहायक वन अधिकृत पहलमा सेर मुर्जा मगर, स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारी लगायत गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीले वृक्षरोपण गरेका थिए।

    images
    images
    images

    ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ मङ्गलबार देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाएका छन् । विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएको दिनको सम्झनामा २०६१ सालदेखि दिवस मनाउन थालिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।