Logo

२०८३, आश्विन १०गते


images
images

एसिया कप क्रिकेटः नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

एसिया कप क्रिकेटः नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

images
  • एसिया कप क्रिकेटः नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य
    images
    images

    काठमाडौं ।  एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    संयुक्त अरब इमिरेट्को दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनमा समेटिएको हो ।

    images
    images
    images

    नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    images
    images
    images

    बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई/दुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक/एक विकेट लिए । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसिया कप क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।