Logo

२०८३, आश्विन १०गते


images
images

एसिया कप क्रिकेट

एसिया कप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा

एसिया कप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा

images
  • एसिया कप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा
    images
    images

    काठमाडौं । बंगलादेशले एसिया कप टी–२० प्रतियोगिताको लागि विकेटकीपर ब्याट्समेन लिटन दासको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ । 
    आगामी सेप्टेम्बरमा हुने प्रतियोगिताको लागि घोषित टोलीमा करिब तीन वर्षपछि नुरुल हसन सोहनले पुनः स्थान बनाएका छन् । उनले अन्तिमपटक सन् २०२२ मा अस्ट्रेलियामा सम्पन्न टी–२० विश्वकप खेलेका थिए । अहिले अस्ट्रेलियामा भइरहेको टप एन्ड टी–२० सिरिजमा सोहनले बंगलादेश ए को नेतृत्व गरिरहेका छन् ।

    images
    images
    images


    कप्तान दासले यसअघि श्रीलंका र पाकिस्तान विरुद्धको ऐतिहासिक टी–२० सिरिज जिताएका थिए । उनले यो पटकको एसिया कपको अनुभवबाट आगामी विश्वकपको तयारी गर्नेछन् । 

    images
    images
    images

    बंगलादेशको टोलीमा अनुभवी बलर मुस्ताफिजुर रहमान र तास्किन अहमद पनि समावेश छन् । सन् २०१२, २०१६ र २०१८ मा उपविजेता बनेको बंगलादेशले हालसम्म एसिया कपको उपाधि जितेको छैन । यो पटकको एसिया कपमा समूह ‘बी’ मा रहेको बंगलादेशले अफगानिस्तान, हङकङ र श्रीलंकासँग खेल्नेछ ।

    images
    images
    images

    बंगलादेश टोली ः लिटन दास (कप्तान), तन्जिद हसन, पर्वेज हसन एमोन, सैफ हसन, तौहिद ह्रिदोय, जकर अली अनिक, शमिम हसन, नुरुल हसन सोहन, शक महेदी हसन, रिशाद हसन, नसुम अहमद, मुस्ताफिजुर रहमान, तन्जिम हसन साकिब, तास्किन अहमद, शोरिफुल इस्लाम, शैफ उद्दिन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसिया कप क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।