Logo

२०८३, श्रावण ३०गते


images
images

जनकपुरको लगातार दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो

जनकपुरको लगातार दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो

images
  • जनकपुरको लगातार दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेटको तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ६२ रन बनाउँदै अविजित रहे । ओपनर आसिफ शेखले ३६ रन बनाए ।

    images
    images
    images

    लाहिरु मिलान्थाले २४ रनमा आउट भए ।

    कर्णालीका लागि मौसम ढकालले एक विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

    कर्णालीका गुल्शन झाले ३६ रन जोडे । झाले ३ छक्का र १ चौका प्रहार गरे । ओपनर शिखर धवनले ३ चौकासहित १४ रन बनाए ।

    बाबर हायातले १२ रन जोडे । मिडल अर्डरमा आएका अर्जुन घर्तिले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ३३ रन जोडे । उनले १८औं ओभरमा २ छक्का र २ चौकासहित २२ रन प्रहार गरेका थिए । कप्तान सोमपाल कामीले २९ रन जोडे ।

    अन्तिम दुई ओभरमा ४२ रन बनाएपछि कर्णालीले सम्मानजनक स्कोर बनाएको हो ।

    जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिँदा जिमी निसम, किशोर महतो, ललित राजवंशीले एक/एक विकेट लिए ।

    मंगलबार हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बिहान सवा ९ बजे आमनेसामने हुनेछन् । अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स दिउँसो सवा १ बजे भिड्ने छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनकपुर बोल्ट्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।